ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख सापकोटाको वास्तविक अग्निपरीक्षा सुरु ( भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   ७ : ४१   बजे

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै सापकोटाले लोकतन्त्रको मुल्य, मान्यता र आदर्शलाई कायम राख्दै निष्पक्ष, सन्तुलित र तटस्थ भुमिका निभाउदै संसदको गरिमा कायम राख्ने प्रतिवद्धता गरेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले सभामुखबाट सोही प्रतिवद्धता अनुरुपको व्यवहारको अपेक्षा गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको सभामुखको जिम्मेवारीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटा निर्वाचित भएका छन् । गत असोजदेखि खालि भएको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं. १बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । पार्टीभित्र लामो छलफल र माथापच्चिका बीच सभामुख उम्मेदवारमा बाजी मारेका सापकोटा प्रतिनिधिसभाका एकल उम्मेदवार समेत बने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत कुनै पनि प्रतिपक्षले उम्मेदवारी नदिएपछि सापकोटा उम्मेदवारी दर्ताकै दिनदेखि निर्विरोध भैसकेका थिए । तर, आइतबार प्रतिनिधिसभाको बैठकले सापकोटालाई औपचारिक रुपमा सभामुमा निर्विरोध निर्वाचित भएको घोषणा गर्यो ।

हिजोका दिनसम्म नेकपाको नेताको हैसियतमा रहेका सापकोटा अब सिंगो सदनका मुखियाको जिम्मेवारी सम्हालेका छन् । लामो समय अभिभावक विहिन भएर टुहुरोजस्तै बनेको संसदले अभिभावक पाएको छ । अभिभावकले आफ्नो अभिभावकत्व कसरी निर्वाह गर्न सक्छ राजनीतिक जिवनको कठोर त्याग, तपस्या र बलिदानीको राप तापबाट आएका अग्निको वास्तविक अग्निपरिक्षा अब बल्ल शुरु भएको छ ।

वि.सं. २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकमा जन्मिएका अग्निप्रसाद सापकोटा तत्कालिन नेकपा माओवादीको स्थापनाकालदेखिनै जनयुद्धमा सामेल भएका नेता हुन् । सापकोटाको राजनीतिक इतिहासले उनलाई अनुभवी र परिपक्व नेताको रुपमा लिन सकिन्छ । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी हुनुभएका सापकोटा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट विजयी बनेका थिए । लामो समय शिक्षक आन्दोलनमा लागेका सापकोटाले माओवादी जनयुद्ध कालमा ताम्सालिङ राज्यको इन्चार्जको रुपमा काम गरेका थिए ।

यद्यपी, युद्धकालीन राजनीतिक पृष्ठभूमिबाट आएका सापकोटाले अब संसदीय राजनीतिको मियो बनेर अघि बढ्नुपर्ने दायित्व थपिएको छ । आफुमाथि लागेका सबैखाले आरोपलाई मिथ्या सावित गर्न पनि सापकोटाको स्वभाव मैत्रिपूर्ण बन्न आवश्यक छ । सभामुख जस्तो राज्यको उच्च ओहोदाको संवैधानिक पदको गरिमालाई कायमै राख्दै सदनका गतिविधि सञ्चालन गर्नु नै अग्निने आफ्नो उचाईलाई थप उचाईमा पुर्याउनु हो ।

संघीय संरचनाको निम्ति राजनीतिक लडाइँ लडेर आएको व्यक्ति सभामुख भएका छन् । मुलुक संघीय प्रणालीमा छ । तीन तहको सरकार छ । नयाँ राजनीतिक प्रणालीमा गईसकेपछिको पहिलो प्रतिनिधी सभाको दोस्रो सभामुख भएका छन् सापकोटा । यतिखेर धेरैभन्दा धेरै ऐन, कानुन निर्माण गर्नुपर्ने छ । आज बनाइएका नियम कानुनले नै आगामी दिनमा देशको संघीय प्रणाली थेग्ने हो । सरकारले आफ्नो ढंगले विधेयकहरु भटाभट ल्याइरहेको छ । कयौँ विधेयकमा विपक्षी दलले सडक र सदन तताइरहेको अवस्था पनि छ । यस्तो अवस्थामा सापकोटाको सन्तुलित भुमिकाको आवश्यकता छ । उनले कत्तिको सन्तुलित भुमिका निर्वाह गर्न सक्छन् । त्यो समयले देखाउने छ । तर एकातिर पार्टी र सरकारलाई सफल बनाउनु अर्कोतिर विपक्षीलाई पनि सन्तुष्ट राख्नु नै सापकोटाको मुख्य दायित्व हुनेछ ।

संसदमा १० वटा विधेयक दर्ता भई वितरण भएका छन् । १५ वटा विधेयक समितिमा विचाराधिन रहेका छन् । प्रतिनिधी सभाबाट पारित भई २ वटा विधेयक राष्ट्रिय सभामा पठाइएका छन् । प्रतिनिधी सभामा पास भइसकेका आधा दर्जन विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनुपर्ने पनि छ । पहिलो प्रशासनिक काम सापकोटाको यहि हुनेछ । समितिका प्रतिवेदन बुझ्ने, समिति सभापतिहरुबीचमा समन्वय गर्ने, सांसदलाई अध्ययन अवलोकन भ्रमणको निम्ति स्वीकृत दिनुपर्ने पनि छ । रोकिएका यिनै काम अब सरु हुनेछन् । नियमित संसदीय अभ्यासमा अग्नि खरो उत्रिने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group