ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६८ औं अन्तराष्ट्रिय भन्सार दिवस : प्रशासनमा शुद्धता र सहजता गर्नु पर्नेमा जोड (भिडियोसहित)


एबीसी न्यूज
१३ माघ २०७६, सोमबार   ३ : ०२   बजे

काठमाडौं, १३ माघ । ६८ औं अन्तराष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइएको छ । दिवसको अवसरमा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन र सहजिकरण गर्दै भन्सार प्रसासनमा आधुनिकरणमा जोड दिइएको छ । अबका दिनमा भन्सारलाई व्यापार मैत्रीको साथै भन्सार प्रणालीलाई छिटो छरितो बनाउनु पर्नेमा उद्योगी एवं सरोकारवाला निकायले माग गरेका छन् ।

प्रत्येक वर्ष २६ जनवरीमा बिश्वभर अन्तराष्ट्रिय भन्सार दिवस मनाउने गरिएको छ । नेपालले पनि अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार ६८ औ भन्सार दिवस मनाएको हो । सन् १९५३ जनवरी २६ देखि सुरु भएको भन्सार संगठनमा अहिले १८८ देशको सहभागिता रहेको छ । भन्सार दिवसको अवसरमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल अहिले आयातमा आधारित राजस्व प्रणालीबाट उत्पादन र व्यपारमा आधारित हुदै गएकाले अर्थतन्त्रको लागि सकरात्मक संकेत भएको बताए । उनले अन्तराष्ट्रिय व्यपारलाई प्रतिपर्धी बनाउन भन्सार प्रसासनमा शुद्धता र व्यापारमा सहजता गर्नु पर्नेमा जोड दिए ।

राज्य सञ्चालनको मुख्य राजस्वको स्रोतको रुपमा भन्सार राजस्वलाई लिने गरिएको छ । मुलुकको आर्थिक समृद्धि र विकासको लागि लगानी उत्पादनसंगै निर्यातको समेत ठुलो भूमिका रहदै आएको छ । जसमा भन्सारको बिभागको समेत नितिगत निर्णयले प्रभाव पारिरहेको हुन्छ । भन्सार प्रसासनलाई आधुनिकरण गर्दै व्यापारमा सहजिकरण गर्नु पर्ने देखिएको छ । भन्सार बिभागमा महानिर्देशक सुमन दाहालले आगामी दुई वर्षमा प्रसासनको रुपमा रुपान्तरण गर्नुको साथै भन्सारलँई एकदार सेवाको सुरुवात गर्ने बतँए ।

बिश्व बैकको सन् २०२० को डुइङ बिजनेशको तथ्यांक अनुसार नेपाल १ सय १० स्थानबाट ९४ मा आएको देखिएको छ । जसले गर्दा नेपालमा लगानीको वातावरण समेत बन्दै गएको देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कूल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अब सरकारले व्यापार घाटालाई कम गर्न भन्सार प्रणाणीलाई व्यवस्थित गर्दै गुणस्तर पैठारीमा सुनिश्चिताकको साथै भन्सार प्रणालीलाई छिटो छरितो बनाई निकासी प्रवद्र्धनमा जोड दिनु पर्ने बताईन ।

बिभाग क्षमता बिकाससंगै राजस्वमा सुधार र आधुनिकरणको दिशामा अबका दिनमा अगाडी बढ्न आवश्यक छ । दिगो आर्थिक बिकासको लक्ष्यलाई अगाडी बढाउनका लागि व्यापार मैत्री वातावरण तर्फ केन्द्रित हुनु पर्ने देखिन्छ । उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले डुइङ बिजनेसको लागत घटाउन सममासमयीक प्रबिधीलाई संस्थागत गर्नेतर्फ भन्सार प्रशासनले ध्यान दिनुपर्ने बताए ।

नेपालको भन्सार प्रणाली अझै पनि परम्परतागत ढंगबाट चलिरहेको छ । भन्सार प्रसासन व्यवस्थित हुन नसक्दा ठुलो मात्रमा राजस्व समेत गुमिरहेको छ । भन्सार नाकामा हुने मुल्याकनदेखि खुल्ला सिमा नाकाबाट भित्रिने बस्तुले नेपाल भित्रको उत्पादन हुने बस्तुहरुमा असर समेत गरेको छ । जसको कारण नेपाली उद्योगीहरु मरमा पर्ने र सरकारले लिएको राजस्व संकलनको लक्ष्य समेत पुरा नहुने समस्या देखिन्छ । त्यसैले भन्सार बिभागलाई व्यवस्थित गर्दै बैकिङ प्रणालीमा लौजानुको बिकल्प देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu