ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको छ– मु्ख्यमन्त्री राई


admin
१३ माघ २०७६, सोमबार   ८ : ०६   बजे

काठमाडौं, १३ माघ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताउनुभएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आज यहाँ शुुभारम्भ गर्नुुहुँदै उहाँले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो । प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताउनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुुग्ने बताउनुुभयो । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ । पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नुु हुुने ओखलढुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu