ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण (भिडियोसहित)


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ११ : २३   बजे

नवीन गुरुङ/ संखुवासभा र पूर्वी पहाडी जिल्ला संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण मेला सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किमि उत्तरमा पर्ने बरुण मेला कोशील्हासा राजमार्गमा पर्दछ ।

भोटखोला गाउँपालिका–४ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको बरुण नदिमा बर्सेनि बरुण मेला लाग्ने गर्दछ ।
यो बर्ष भोटखोला गाउँपालिकाको अगुवाईमा आयोजना गरिएको बरुण मेलामा हजारौ तीर्थालु भक्तजनहरुले सहभागीता रह्यो । ‘बरुण मेला जाऔं, आफ्नो जातीय गीत र नृत्य सहित सहभागी हौऔं’ भन्ने मुलनारा सहित बरुण मेला २०७६ को आयोजना गरिएको थियो ।

आफ्नो जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । उनले नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाइरहँदा भोटखोला गाउँपालिकाले पनि आफ्नो लोप हुर्दै गएको जातीय पहिचानको संरक्षण र प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उक्त सांस्कृतिक कार्यक्रममा भोटखोला गाउँपालिका र आसपासका क्षेत्रका भोटे, याम्फू, तामाङ र गुरुङ लगायत २५ टिमको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रम हेर्न र मेला भर्न आउने तीर्थयात्रीहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सबै जातिहरुको सांस्कृतिक गीत नृत्यहरु समेत हेरेर आन्नद लिएका थिए । बरुण मेलाको अवसर पारेर भोटखोला स्र्पोटिङ क्लबले खुल्ला फुटबल प्रतियोगिताको समेत आयोजना गरेको थियो । बरुणश्वेर महादेवको एउटा बेग्लै र मौलिक पहिचान बोकेको अलौकिक शक्ति भएको भनेर पुज्ने गरिन्छ ।

ऐतिहासिक महत्वको मौलिक वरुण नदी सबैभन्दा स्वच्छ र सफा नदी हो । दुधपोखरी यसको शिर हो । ढुङ्गाको चेपबाट आफै पानी नदी बनेर बगेको छ । यसको आफ्नै महिमा भएको भक्तजनहरु बताउँछन् । गौमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएकोछ । नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात नीलो रङको रहेको छ ।

बरुण नदिमा स्नान गरेर धन, सन्तान र रोगब्याधीबाट मुक्त हुन माग्ने र मागेको पुग्ने गरेको बरुण मन्दिरका पुजारी यज्ञबहादुर कार्कीले बताए । मेला भर्न भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरेको छ । सो मेला र वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन । ठूलो श्रद्धाका साथ संखुवासभा बाहेकका छिमेकी जिल्लाहरुबाट समेत धेरै तीर्थालु भक्तजनहरु आउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu