ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका नर बहादुर (भिडियोसहित)


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ११ : २९   बजे

पाल्पा, १४ माघ । पाल्पाको तिनाउँ गाउँँ पालिका ओखलढुङामा ब्यावसायीक मौरी पालेर मनग्य आम्दानी गरेका नर बहादुर उचाईले मौरी पालन सूरु गरेको लामो समय बित्यो तर पनि उनि आधुनिक तरिकाबाट मौरी पालन गर्ने तरिकाबारे बेखबर छन् । उनिजस्तै अन्य किसानलाई पनि आधुनिक प्रविधिबारे तालिम दिनु जरुरी  छ ।

पाल्पाको तिनाउ गाउँ पालिका भित्रको बिकट गाउँ ओखलढुङाको गौउ बास । त्यही गाउँमा २० वर्षबाट निरन्तर मौरी पालेर जिवन चलाएका नर बहादुर उचाई मगर लाई अझै सम्म आधुनिक मौरी पालन पेसा थाहा छैन ।उनको घर बारी र पखेरा समेत परम्परागत रुपमा पालिने मुढे घरमा मौरी पालेका उचाई घरमा अहिले १ सय ८० देखि २ सय पचास सम्म मुढेघारमा मौरी रहेको उनको भनाई छ ।

केही समय अगाडी परम्परागत रुपमा गरीदै आएको मौरीपालन पेशा आजभोली व्यावसायीक तिर अगाडि बढेको पाइन्छ । मौरी पालेर आफ्नो जिवन प्रगति तिर बढीरहेको बताउने पश्चिम पाल्पाका नर बहादुर बुचा मगर स्वदेसमै बसेर मनग्य आम्दानी मह बेचेर गरेको सुनाए आधुनीक तरीकाले मौरी पालन गर्न नजानेका नर बहादुरले आफैले गाउँ ठाउँमा पाइने मुडे घारमा मौरी पालन गर्दै आएको बताउछन ।

नर बहादुरले यो पेसा दिर्घकालिन रुपमा राम्रो हुने भएकोले उनी यसै पैसालाइ अंगाली अगाडी बढेको बताउछन आजभोली विदेशिने होड बाजी नै चलेको छ स्वदेशमा बसेर केही गरौ भन्ने मानिस कमै छन् । तर गर्नेहरु पनि स्वदेशमा उदाहरणीय छन् पाचँ कलास मात्र पढेका नर बहादुर मौरी पालन गरेर उत्पादन भएको मह बेचेर नै ९ जनाको परिवार पालेको वताउँछन् ।  नर बहादुरलाई मौरीमा कुनै रोग लागेर मरे पनि उपचार गर्ने कुनै ज्ञान छैन ।

आधुनीक तरीका बाट मौरी पाल्न पाए अझ बढी राम्रो आम्दानी हुने थियो उनी भन्छन मैले जस्तै मौरीपालेर घर चलाउने धेरैछन्् तर कुनै संघ संस्था कृषि सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय वाट आज सम्म न तालिम पाएका छौ । नत प्राविधिक सहयोग नै त्यसैले उनी राज्य प्रति त्यति सन्तुष्ठ नभएको बताउछन ।

हामीले तिनाउ गाउँ पालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर लाई उनको गुनासो सुनाउन पुग्यौ उले अब अनुदान र आधुनिक तरिकाल मौरी पालन गर्ने तालिम दिने तयारी भएको बताए ।

नर बहादुरले उत्पादन गरेको महमा कुनै मिसावट नहुने हुदाँ पनि उनको मह बढी बिक्री हुने उपभोक्ताको भनाइ रहेको छ महको अहीले बजार भाउ ७ सय प्रती केजी रुपैया पर्छ । मह औषधीको रुपमा समेत प्रयोग हुने हुदाँ मह बढी प्रयोग गरेको पाइन्छ । मह दम रुघा खोकी ढाड दुखेको सन्चो हुने जन विश्वास रहेको छ धार्मीक दृष्टिकोणले पनि मह नभइ नहुने तत्व पनि हो ।

उनले उत्पादन गरेको मह पाल्पा जिल्लाको बिधिन्न स्थान तानसेन तथा बुटवल बजार सम्म लैजाने गर्छन नर बहादुर वाजेको मह भने पछि सवै खोजी खोजी किन्ने गरेको उनी वताउछन् उनी जस्तै स्वदेशमै पौरख गर्ने हो भने बिदेसीभुमी तिर भौतारीन् पर्दैन की ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu