ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ– अर्थमन्त्री खतिवडा


admin
१५ माघ २०७६, बुधबार   ७ : ४८   बजे

काठमाडौं, १५ माघ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उहाँले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता रहेको प्रष्टयाउनुभयो ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले प्रत्यक्ष वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, ‘च्यालेन्ज फण्ड’को शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानून निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र ऊर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताउनुभयो । उहाँले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो ।

मुलुकको समग्र विकासका लागि नवप्रवर्तन, अन्वेषण तथा युवा लक्षित सीप र प्रविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पार्नुभयो ।

सो अवसरमा फ्राइडेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरेको थियो । भेटमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन कपेलर तथा स्वीस इन्भेष्टमेन्ट फण्डका प्रतिनिधिको उपस्थिति रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group