ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ– मुख्यमन्त्री पौडेल


admin
१७ माघ २०७६, शुक्रबार   १ : १२   बजे

काठमाडौ, १७ माघ ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताउनुभयो ।

उहाँले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताउनुभयो । शिक्षालय बेराजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुननहुने भन्दै सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर रोजगार बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो । देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यकपर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नेगरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उहाँको जोड थियो । भूकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा आगामी सयौँ वर्षका लागि हुनेगरी पुनःनिर्माणको कामसमेत गराएको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भूकम्पले क्षति पु¥याएका विद्यालयमध्ये मकवानपुरमा २५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको बताउनुभयो । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गर्नुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पले नष्ट भएका भौतिक संरचनाको दीर्घकालीन सोंचका साथ भएको पुनःनिर्माणले उत्साहित बनाएको बताउनुभयो । उहाँले हामीले प्राप्त गरेको ठूलो उपलब्धिको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने बताउनुभयो । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उहाँको भनाइ थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडिपरेको यस क्षेत्रले विकासको लय समातेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group