ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीबारे नेकपाभित्रै पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणी, वैचारिक मतभेद हुदा निर्णय प्रक्रिया प्रभावित (भिडियोसहित)


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   १२ : ३०   बजे

 

काठमाडौं, १९ माघ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को पक्ष्ँ र विपक्षमा अहिले विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । अमेरिकन प्रोजेक्ट एमसीसी बारे सर्वसाधारण मात्रै हैन, जनप्रतिनिधिहरु समेत स्पष्ट हुन नसक्दा दुविधा उत्पन्न भईरहेको छ । मुख्यतः ऊर्जा र सडक स्तरोन्नतिको उद्देश्य रहेको एमसीसीबारे मतभेद हुदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत संसदको निर्णयप्रक्रियामा समेत प्रभाव पुगिरहेको छ ।

वि।सं। २०७४ साल भदौ २९ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेतृत्वले ५ सय मिलियन अमेरिकन डलर को आर्थिक सहायता अर्थात् अमेरिकन मिलियन च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौतामा हस्ताक्षर गरेका हुन् । सन् २००४ मा अमेरिकी सरकारको स्वतन्त्र निकायको रुपमा स्थापित एमसीसी ले हालसम्म ४९ वटा देशलाई यस प्रकारको अनुदान उपलब्ध गराईसकेको छ ।

अमेरिकी सरकार र नेपाल सरकारबीच एमसीसी सम्झौता र कार्यान्वयनका मुख्यतः ६ शर्तहरु छन् । एमसीसी लाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गर्नुपर्ने, विद्युत नियमन आयोग ऐनको व्यवस्था, प्रोगाम ईमलिमेन्टेसन एग्रिमेन्टमा हस्ताक्षर, बुटवल देखि गोरखपुर अन्तरदेशीय प्रसारण लाईनमा सहमति, संसद र प्रदेशसभाको बहुमतबाट अनुमोदन, सार्वजनिक सुनुवाई लगायत विभिन्न कानुनी प्रावधानहरु एमसीसी सम्झौतामा उल्लेख छ । यसमध्ये ४ शर्तहरु पुरा भएपनि एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने र विभिन्न प्राविधिक विषयहरु विवादित बनिरहेका छन् ।

२०७५ साउन १० गतेको सरकारको निर्णयले एमसीसीलाई राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत गरेको हो । तर अझैपनि एमसीसीबारे पक्ष र विपक्षमा विभिन्न बहसहरु भईरहेका छन् । आम सर्वसाधारण मात्रै होईन, जनप्रतिनिधि तथा बुद्धिजिवी वर्गमा समेत यस विषयमा दुविधा उत्पन्न हु“दा निर्णयप्रक्रियामा प्रभाव पुगिरहेको छ । यद्दपी, एमसीसीले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता, विकास प्रक्रिया, अन्तराष्ट्रिय स्तरका सम्बन्ध लगायत कुनैपनि विषयमा प्रभाव नपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् । देशको संविधान विपरीत् कुनै पनि निर्णय गर्न असमर्थ हुने बताउदै प्रधानमन्त्री ओलीले आर्थिक लाभको लागि एमसीसी सम्झौता सकारात्मक भएको बताए । अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लू बुसको भनाई उदृत गर्दै प्रधानमन्त्री ओलीले गरिब देशमा लोकतन्त्र र प्रजातन्त्र सुदृढीकरणका लागि एमसीसीको भूमिका रहने स्मरण गरे ।

एमसीसी ५ वर्षे योजनाको सम्झौता हो । सम्झौता कार्यान्वयनका लागि मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालको स्थापना भएको छ । देशका ३ प्रदेश र १० जिल्लामा झण्डै ३१२ किलोमिटर विद्युत प्रसारण लाईन र पूर्व–पश्चिम राजमार्गको १ सय किलोमिटर सडकको स्तरोन्नतिको योजना एमसीसीस“ग छ । एमसीसीमा नेपाल सरकारले पनि ठूलै लगानी गरिसकेको छ । नुवाकोटको रातमाटेमा ३८६ रोपनी जग्गाको अधिकरण तथा मूल्य निर्धारण भईसकेको मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) का कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताए । एमसीसी संसदबाट पारित भयो भने, नेपालमा सैन्य गठबन्धन लगायत विभिन्न हस्तक्षेप हुने लगायतका शंका, आशंका पनि उब्जिरहेका छन् । तर एमसीसी सम्झौता अनुरुप सो रकम कुनै पनि सुरक्षा निकाय र हातहतियारमा लगानी गर्न नपाउने व्यवस्था रहेको विष्टको दाबी छ । नेपाललाई कुनै पनि हालतमा हस्तक्षेप गर्ने सम्झौता भए ‘मैले पनि एमसीएमा जागिर खान्नथे, म पनि देशभक्त नेपाली हु“’ उनले भने । संविधानतः नेपाल असंलग्न राष्ट्र पनि हो, पारदर्शिता, जनताको लगानी, मानव अधिकार तथा लै¨िक समानता लगायत विभिन्न उद्येश्यका साथ ५० करोड अमेरिकी डलरको कम्प्याक्ट नेपाललाई प्राप्त भएको हो, उनले भने ।

विद्युत् प्रसारण लाइनको १० वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गरी राष्ट्रिय मागलाई आपूर्ति गर्ने र बढी भएको विद्युत् निर्यात् गर्ने गुरुयोजनाका लागि पनि एमसीसीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसो त एमसीसी कार्यान्वयनका अधिकांश प्रक्रियाहरु अघि बढिसकेको अवस्था छ । त्यसो त सम्झौताअनुसार ५ वर्षभित्रमा कार्ययोजना सम्पन्न गरिसक्नुपर्ने चुनौती पनि एकातिर छ । समृद्ध नेपाल र सुखी नेपालीको लोकप्रिय नारा अनुसार पनि वर्तमान सरकारले एमसीसी कार्यान्वयनमा तदारुपता देखाएको हुनुपर्छ । यद्दपी देशहितलाई केन्द्रमा राखी यसको दिर्घकालीन प्रभाव तथा रणनीतिका विषयमा पनि समयमै अध्ययन एवम् विश्लेषण हुन जरुरी छ । यसो भएका भावी योजना तर्जमा तथा उपलब्धिका विषयमा निर्धक्क हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu