ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरोना भाइसर प्रकोपको रुपलिदै , नेपालको तयारी यस्तो छ (भिडियोसहित)


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   १२ : ३५   बजे

 

काठमाडौं, १९ माघ । चीनको उहान सहरबाट सुरु भएर विभिन्न १८ ओटा देश सम्म फैलिएको नोबेल कोरोना भाइरसका कारण चिनमा आज सम्म २ सय ५९ जनाको मृत्यु भईसकेको छ भने हजारौको संख्या संक्रमित भएका छन् । यो भाइसरले थप प्रभावित नहुन भन्ने उदेश्य र यसलाई न्यूनिकरण गर्न विश्व समुदाय लागि परेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा समेत गरेको छ ।

चिनको वुहान प्रान्तबाट डिसेम्बर अन्तिम सातामा फैलिएको कोरोना भाईरसले चिनमा मात्र नभै विश्वमा नै सन्त्राश फैलाएको छ । कोरोना सङ्क्रमणका कारण चिनमा मृत्यु हुनेको सङख्या २ सय ५९ पुगेको छ भने अन्य देशमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएपछि डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेको छ । अहिलेसम्म चिनमा २ सय ५९ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ । चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ । नेपालमा भने हाल सम्म एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेकोले स्वास्थ्य सङ्कट घोषणा गरीएको बताएको छ ।

नोबेल कोरोनाको सङ्क्रमण हुंदा उच्च ज्वरो आउनुकासाथै रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउछ र सङ्क्रमितको मृत्युसमेत गराउ“छ । अहिले कुनै लक्षण बिना नै कोरोना भाइरस सङ्क्रमित भएका घटना बाहिर आएको छ ।

नेपाल सरकारले भने कोरोना विरुद्ध नेपालको तयारी प्रभावकारी रहेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको बताएको छ । कोरोना भाइरसको शङ्का लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र उहानमा १ सय ९० जना नेपाली विद्यार्र्थी अध्ययनरत छन । चिनको उहानमा रहेका नेपाली विध्यार्यीहरुले तत्काल नेपाल लैजान सरकारसंग माग राखेका छन । उता भारतले भने चिनमा रहेका आफ्ना विद्यार्थीहरु स्वदेश र्फकाई सकेको छ । त्यस्तै चीनको वुहानमा रहेका नेपाली चिकीत्सक डा. रमेश आचार्यले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई मनैबैज्ञानिक असर परेको भन्दै स्वदेश फिर्ता गर्नुपर्ने वताएका छन । वुहानमा वस्न नसकीने अवस्था रहेको भन्दै तत्काल नेपाल सरकारले सुरक्षित नेपाल लैजान आग्रह गरेका छन् ।

तर, चीन सरकारले भने वुहानमा रहेका नेपाली नागरीक तथा विध्यार्थीहरु सुरक्षित रहेको र उनी हरुको सुरक्षामा कटीव्द्ध रहेको जानकारी दिएको छ । यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री भट्टराईले अहिलेसम्म चिनमा रहेका नेपाली विद्यार्र्थीहरु सुरक्षित रहेको पनि बताएका छन ।

यता, भ्रमण वर्षमा नेपाल आउने पर्यटकको संख्या घटेको छ । मन्त्री भट्टराईले नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले पनि उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu