ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२३ मा नेपाल चिया विकास निगमको स्थापना भएपनि उपलब्धी विहिन बन्दै (भिडियोसहित)


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   १२ : ४३   बजे

काठमाडौं, १९ माघ ।  एक दशक लामो चिया खेतीले अझै भने जस्तो आफुलाई स्थापति गर्न सकेको छैन् । नेपालमा चियो खेतिले व्यवसायिक मात्र नभई पर्यटकिय सम्भावना पनि बोकेको क्षेत्र हो । तर राज्यले यस क्षेत्रलाई उचित ध्यान दिन नसक्दा राम्रो प्रतिफल पाउन सकिएको छैन । मुलुकलाई चिया खेतिमा रुपान्तरण गदै यसको उतिच अध्यन अनुसन्धान गर्न सकेको खण्डमा यसबाट कृषकले मात्र लाभ लिने नभइ पर्यटकिय लाभ पनि लिन सक्ने देखिन्छ ।

चिया नेपालको एक प्रमुख नगदेबाली हो । नेपालमा चिया खेतीको इतिहास निकै लामो भए पनि व्यवसायिक रुपमा नै चिया खेतीको सुरुवात आशा शताब्दी मात्र भएको छ । २०१६ सालमा झापा जिल्लाबाट बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भएको थियो भने सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको थियो ।

अहिले नेपालमा ३ प्रजातिको चिया खेती गरीन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । देशभरका १२ जिल्लामा मात्र चियाखेती सिमित रहे पनि १८ हजार बढी किसान चियाखेतीमा संलग्न रहेको छन् । करिव एक लाख भन्दा बढीले बढि किसान आश्रित यस क्षेत्रमा प्रगति गर्न बांकी रहेको विज्ञहरु बताउंछन् ।

नेपालमा उत्पादित चियाको आन्तरिक र बाह्य बजार पनि ठुलो रहेको छ । नेपाली चियाको सबैभन्दा ठूलो बजार भनेको भारत हो । त्यसमा पनि भारतको सिलगुडि र कलकत्तामा नेपाली चियाको माग बढी छ । त्यो बाहेक जर्मन, क्यानाडा, अमेरिका, जापान, अष्ट्रेलिया र ताइवान लगायतका देशहरूमा नेपालको अर्थोडक्स चिया निर्यात भइरहेको छ । माग अनुसारको मात्रा र खाजेको गुणस्तर भएका चिया तेस्रो देशहरूमा बढी निर्यात भइरहेको छ ।

त्यसो त, चिया औद्योगिक उत्पादनमा मात्र नभै पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । इलाम र झापाका चिया बगानले धेरै पर्यटक तान्न सक्छन् । चिया क्षेत्रमा बहुमुखी सम्भावना हुंदाहुंदै पनि उत्तिकै चुनौती रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu