ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा नेपाली विज्ञापन गर्न रोक लगाएको निर्णयप्रति सरोकारवालाहरु सकारात्मक (भिडियोसहित)


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   १२ : ००   बजे


काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युवलगायतमार्फत नेपाली उत्पादनको विज्ञापन गर्न रोक लगाएको निर्णयप्रति सरोकारवालाहरु सकारात्मक देखिएका छन् । तर यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमै दर्ता गरेर सञ्चालनमा ल्याउनु जरुरी रहेको उनीहरुको मत छ ।

सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिरबाट गइरहेको भन्दै नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिज्ञापनको भुक्तानीसम्बधी नियमन गर्ने तयारी सुरु गरेको छ । सामाजिक सञ्जाल र इन्टरनेटमार्फत गरिने विज्ञापनको भुक्तानी अनौपचारिक माध्यमबाट गरे गैरकानुनी हुने भन्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य भएको भन्दै बैकले त्यस्तो कार्य गर्नेलाई कानुनी दायरमा ल्याउने तयारी थालेको हो । नेपाल राष्ट्र बैकका अनुसार सामाजिक सञ्जालमा हुने विज्ञापनलाई व्यवस्थित र नियमन गर्नका लागि निति ल्याईएको जनाएको छ ।

नेपालमा वार्षिक झन्डै १२ अर्ब रुपैया बराबरको विज्ञापनको बजार मध्ये २० प्रतिशत भन्दा बढि सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा खर्च हुने गरेको अनुमान गरिएतापनि यकिन तथ्याङ कसैसंग छैन । राष्ट्र बैकंले ल्याएको नितिप्रति बिज्ञापन व्यवसायीहरु भने सकारात्मक छन । तर सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमै दर्ता गरेर सञ्चालनमा ल्याउन सक्ने हो भने यो निर्णय कार्यान्वयनमा समेत सहज हुने बताउछन ।

राष्ट्र बैकले समाजिक सञ्जालमा हुने बिज्ञापनलाई पारदर्शि बनाउनका लागि ल्याएको नितिले अहिले अनौपचारिक माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापनमार्फत खर्च गरिने ठूलो रकम रोकिने अपेक्षा गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विदेशमा बस्ने आफन्त, साथीभाइ वा कम्पनीमार्फत विज्ञापनको रकम भुक्तानी गराउदा नेपाली पैसा नेपाली रकम गैरकानुनी रुपमा नेपाल बाहिरिने गरेको छ । तर सञ्जालमार्फत जाने पैसा नेपालबाट नगएर बिदेशबाट कारोबार भएको देखिन्छ । समाजिक सञ्जालमा गरिने बिज्ञापनको भुक्तानीको सहज नभएको कारण समस्या देखिएको छ ।

इन्टरनेट मार्फत साना उद्योगीदेखि ठुला व्यवसायीले गर्ने बिज्ञापनले अर्बै रुपैया अबौधानिक रुपमा बाहिरी रहेको थियो । सरकारले ढिलौ भएपनि समाजिक सञ्जालमार्फत हुने बिज्ञापन रोक्दा नेपाल भित्रिने बिदेशी मुद्रा बृद्धिको साथै घट्दै गएको रोमिटान्स समेत बढ्न सहयोग पुग्ने देखिन्छ । सामाजिक सञ्जालमा हुने बिज्ञापनले अब नेपालकै बैकिङ च्यालनमार्फत गर्दा शोधानान्तर घाटा समेत कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu