ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठाढी भन्सारद्वारा लक्ष्य भन्दा ४६ प्रतिशत बढी राजस्व संकलन


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   ३ : ०८   बजे
सिरहा । ठाढी भन्सार कार्यालयले वर्षको माघ मसान्तसम्म मा लक्ष्य भन्दा ४६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
ठाडि भन्सार कार्यालयले वर्षको माघ १६ गते सम्म २ करोड ८३ लाख ४३ रुपैया राजस्व असुली गर्ने लक्ष्य लिए पनि भन्सार कार्यालय , नेपाल प्रहरी र सशस्त्रका प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रहरुमा सक्रियता बढाउँदै लक्ष्य अनुरुप काम गर्दै जाँदा वर्षको माघ १६ गते सम्मा लक्ष्य भन्दा १ करोड ३१ लाख ८१ हजार थप राजस्व संकलन गरेको हो। कार्यालयले ४ करोड १५ लाख २४ हजार राजस्व असुली गर्न सफल भएको प्रमुख भन्सार अधिकृत नरेश साहले बताए। गत आ. ब २०७४/०७५ को तुलनामा यस वर्षको माघ मसान्तसम्म दोब्बर राजस्व संकलन भएको साहले बताए।
अधिकृत साहका अनुसार गत आर्थिक वर्षको तुलनामा बढी राजस्व संकलन भएको हाे । यस बर्षमा भन्सार भएर आउने धान , चामल , गेहु ,लत्ताकपडा, टायल्स, मेसनरी पार्ट्स, मोटर पार्ट्स, सौन्दर्यका समान लगायतका सामान आयातबाट राजस्वमा वृद्धि हुन गएको उनले बताए। यस आर्थिक वर्षमा निकासी भने शुन्य रहेको उनले बताए। ‘मालवस्तु जाँचपास सम्बन्धी मूख्य कार्यभार सम्हाल्दै आएको भन्सार कार्यालयले त्यसका अतिरिक्त चोरी निकासी/पैठारी नियन्त्रणको कार्यमा पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएको छ।’
आ.व. २०७४/०७५ र यश बर्षको माघ मसान्तसम्म अवैध मालबस्तुहरु बरामद गरी पेश भएका मुद्दाहरु मध्ये २ सय ३४ मुद्दाको प्रतिवेदन मुल्य १ करोड़ ५२ लाख रहेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। ती मुद्दाहरु भन्सार कार्यालय, जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायत निकायहरुबाट पक्राउ भई कारवाहीको लागि कार्यालयमा दाखिला भएका थिए। आगामी वर्षहरुमा चोरी निकासी पैठारी नियन्त्रणको कार्यलाई अझै तिब्रता दिने लक्ष्य रहेको साहले बताए। भन्सार प्रशासनले भन्सारका पूर्वाधारहरुको समेत समय सापेक्ष स्तरोन्नति गर्दै जाने प्रतिवद्धता समेत उनले जनाए। भन्सार सेवा अन्तरगतका न्यूनतम सुविधाहरुको निमित्त पुराना भवनबाटै सेवा प्रदान गरीरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group