ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान


एबीसी न्यूज
२१ माघ २०७६, मंगलबार   ११ : ४८   बजे

हेटौंडा, २१ माघ । माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्या यौन सम्पर्कपछि रकम बार्गेनिक (विवाद)को करणले भएको खुलेको छ ।

चारजना मिलेर अजिताको हत्या गरेको खुलेको छ । हेटौंडाका ४ जना युवकले हेटौंडा–११ थानाभर्याङमा ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक पार्किङ गरी उक्त ट्रकमा अजितालाई लगेर यौन सम्पर्क गरेका थिए ।

सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी)  सुशील सिंह राठौर जानकारी दिए ।

‘चारजना युवकले अजितालाई ट्रकमा लगेर पालैपालो यौनसम्पर्क गरे । यौन सम्पर्क गर्न ७ हजारमा कुरा मिलेको रहेछ । तर, उनीहरुसँग पैसा नभएपछि भनाभन भयो । भनाभनले उग्र रुप लिएपछि अजिताको हत्या भएको देखिन्छ एसपी राठौरले भने ।

अजिता अत्या आरोपमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानले हेटौंडा–११ बस्ने युवती पाख्रिनको साथबाट अजिताको ओप्पो मोबाइल बरामद गरेको थियो । पाख्रिनलाई अजिता हत्यामा संलग्न भएका युवकले अजिताको मोबाइल दिएका थिए । पाख्रिनको साथबाट मोबाइल बरामद भएपछि प्रहरी अजिता हत्यामा संलग्न भएका युवकसम्म पुग्न सकेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group