ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा : पार्टी कमिटी नबन्दा गतिविधि ठप्प


admin
२१ माघ २०७६, मंगलबार   ३ : ०२   बजे

काठमाडौं, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको पोखरा महानगरपालिका बाहेक चार स्थानीय तहमा पार्टी कमिटी टुङ्गो लगाउन नसक्दा पार्टीका गतिविधि ठप्प भएका छन् । पोखरा महानगर र चार गाउँपालिका रहेको जिल्लामा गाउँपालिकामा नेतृत्व चयन नहुँदा पार्टीका नियमित गतिविधि लामो समयदेखि रोकिएपछि कार्यकर्तामा निराशा छाएको छ ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भए पनि तल्ला कमिटीमा साङ्गठनिक एकताले अझसम्म पनि पूर्णता पाउन सकेको छैन । महानगरका इञ्चार्ज, अध्यक्ष, सचिव र ३३ वटै वडामा अध्यक्ष, सचिव तथा वडा कमिटी बने पनि महानगर कमिटी बन्न सकेको छैन । महानगरपालिकाका वडामा भने पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण नियमित भएका छन् । माछापुच्छ«े, अन्नपूर्ण, रुपा र मादी गाउँपालिकाका वडाका अध्यक्ष र सचिव जिल्लाबाट तोकिएको लामो समय बित्दासमेत अन्य सदस्य चयन भएका छैनन् । गाउँपालिकाका अध्यक्ष र सचिव तथा पालिका सदस्यको समेत टुङ्गो लाग्न सकेको छैन । चार गाउँपालिकामध्ये साविक दुई पार्टीका बीचमा दुईदुई पालिकाको नेतृत्व गर्ने गरी भागबण्डा भए पनि व्यक्तिका बारेमा सहमति नबन्दा नेतृत्व चयनमा ढिलाइ भएको बताइन्छ । माछापुच्छ«े–३ घाचोकका वडा पार्टी कमिटीका सचिव कमल भुजेलले अध्यक्ष र सचिव दुई जना मात्रको बैठक बस्न र पार्टीका गतिविधि सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो ।

वडाको पार्टी कमिटी नबन्दा स्थानीय सरकारसँग समन्वय गर्नसमेत कठिन हुँदा विकासनिर्माणका कार्यसमेत प्रभावित भएको तथा कार्यकर्तालाई वैचारिक प्रशिक्षणको अभावमा अनुशासन बाहिरका गतिविधि बढ्ने हो कि भन्ने चिन्ता बढेको उहाँले उल्लेख गर्नुभयो । “पार्टी कमिटी फर्मेशन नहुँदा स्थानीयस्तरमा पार्टीका गतिविधि अघि बढाउन सकिएको छैन । भेला, प्रशिक्षणलगायत पार्टीका नियमित गतिविधि लामो समयदेखि ठप्प प्रायः छ”, भुजेलले भन्नुभयो ।पार्टी जिल्लाले भने पालिकास्तरमा कमिटी निर्माणको प्रक्रिया शुरु भएको जनाएको छ । उपनिर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायत कारणले ढिलाइ भए पनि अब छिट्टै एकीकरणको काम सकिने पार्टी जिल्ला सचिव बखानसिंह गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको आन्तरिक कारणले नै तल्ला कमिटीको पूर्णतामा ढिलाइ भएको छ । अब यसलाई हामी तुरुन्त पूरा गर्नेतर्फ लाग्छौँ ।” जिल्लाले पालिकाको नेतृत्व चयन गरेर अनुमोदनका लागि प्रदेश कमिटीलाई सिफारिश गरेपछि मात्र तल्ला कमिटीले पूर्णता पाउने बताइन्छ । महानगर कमिटीमा रहने सदस्य तय गरी जिल्लाले प्रदेशलाई अनुमोदनका लागि पठाएकाले प्रदेशले पारित गरेसँगै गठन गरिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group