ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटी अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट


admin
२२ माघ २०७६, बुधबार   १ : २५   बजे

डोटी,२२ माघ । जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा भूषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अङ्कमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अङ्क ल्याएर पहिलो भएको छ, जो आफैँमा राम्रो कुरो हो ।”

सुदूरपश्चिममा छ महिनापहिले गरिएको गुणस्तरीय सेवा मापदण्डमा डोटी अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, अन्तर कहाँ छ रु लगायत विषयमा प्रत्येक छ÷छ महिनामा मापन हुने गर्छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी मुख्य तीन सूचक गरी ७६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी अछाम जिल्ला अस्पताल ७१ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा पर्न सफल भएको छ । प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको डोटी जिल्ला अस्पताललाई आगामी दिनहरुमा समेत अस्पताललाई अझ थप सुविधा सम्पन्न बनाउँदै बर्सेनि उत्कृष्ट गराउने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमका जिल्ला अस्पतालमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ तथा बाजुराले ५५ प्रतिशत अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

छाउगोठ भत्काउन धामीझाँक्री सक्रिय

सुदूरपश्चिम प्रदेशमा अन्धविश्वास र कुरीतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त गर्न छाउगोठ भत्काउने अभियानले निरन्तरता पाएको छ । यहाँका धामीझाँक्रीसमेत छाउगोठ भत्काउनमा सक्रिए रहेका छन् । स्थानीय प्रशासनले छाउगोठ भत्काउनमा धामीझाँक्रीलाई सक्रिय रुपमा सहयोग गर्न आग्रह गरेपछि उनीहरु आफैँ अग्रसर भएर छाउगोठ भत्काउन थालेको पाइएको छ ।

डोटीमा एक दर्जन जति छाउगोठ धामीझाँक्रीकै सक्रियतामा भत्काइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । गाउँघरमा छाउगोठ नराख्न धामीझाँक्रीले नै स्थानीयवासीलाई आग्रह गर्न थालेका छन् । यहाँका जिल्लामा दैनिक २० को सङ्ख्यामा छाउगोठ भत्काइन थालेको छ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाबाहेक अन्य सबै जिल्लामा छाउगोठ भएको पाइएको छ जसमा सबैभन्दा बढी अछाम तथा दोस्रो स्थानमा डोटी जिल्लामा छाउगोठ रहेको पाइएको छ । यसै सिलसिलामा गएको पुस २६ गतेदेखि डोटीमा सञ्चालन गरिएको छाउगोठ भत्काउने अभियानअन्तर्गत अहिलेसम्म २३८ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।जिल्लामा छाउगोठ बनाउने तथा महिनावारीलाई छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय प्रशासनले कारवाही गर्ने जनाएपछि अहिले यहाँका स्थानीयवासीले डर र बाध्यताका कारण पनि छाउगोठ भत्काउने अभियानलाई साथ दिन थालेको प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठ राख्ने र महिनावारीलाई गोठमा बस्न बाध्य पार्नेलाई कारवाही गरिने भनिएपछि अहिले स्थानीयवासीले हाम्रो अभियानलाई साथ दिएर छाउगोठ भत्काउन लागिपरेका छन्, यो सकारात्मक पक्ष हो ।”

पछिल्लो समय छाउगोठ भत्काउने अभियानमा यहाँका धामीझाँक्रीको पनि सहभागिता रहने गरेको स्थानीयवासी बताउँछन् । कतिपय गाउँमा त धामीझाँक्रीले नै छाउगोठ भत्काउन थालेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भए घरैमा सुते देवीदेउता रिसाउने डरले स्थानीय महिला छाउगोठमा बस्न बाध्य थिए, अहिले धामीझाँक्री नै छाउगोठ भत्काउन अग्रसर भएकाले छाउपडी प्रथा अन्त गर्न सजिलो भएको छ ।”

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले दिनुभएको जानकारीअनुसार बिहीबारसम्म जिल्लाको बडीकेदार गाउँपालिकाका विभिन्न वडामा १०२, जोरायल गाउँपालिका–५ मा तीन, पूर्वीचौकी गाउँपालिका–५ काडामाडाँैमा १४, वडा नं ७ मा १८ तथा बोगटान फुड्सिल गाउँपालिकामा १०१ गरी कूल २३८ वटा छाउगोठ भत्काइएको छ । जिल्लामा गएको पुस २६ गतेबाट सञ्चालन भएको उक्त छाउगोठ भत्काउने अभियानअन्तर्गत अहिलेसम्म यति ठूलो सङ्ख्यामा छाउगोठ भत्काइएका हुन् । जिल्लाका नौवटै स्थानीय तहमा प्रहरी, स्थानीयवासी र धामीझाँक्रीको सक्रियतामा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । जिल्लालाई छाउपडी प्रथा उन्मूलनका लागि यहाँका नौवटै स्थानीय तहका जनप्रतिनिधिले छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको थियो । जिल्लामा कम्तीमा पनि ४०० भन्दा बढीको हाराहारीमा छाउगोठ हुन सक्ने सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको अनुमान रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ ९३० मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ । गृह मन्त्रालयले गएको पुस ९ गते यहाँका प्रजिअलाई छाउपडी कुरीति नियन्त्रण गर्न र छाउगोठ भत्काउन निर्देशन सहितको पत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group