ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न अभियान– अध्यक्ष ‘प्रचण्ड’


admin
२२ माघ २०७६, बुधबार   ७ : ११   बजे

काठमाडौं, २२ माघ  ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले तीन महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताउनुभयो । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उहाँले यो बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताउनुभयो ।

पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा समूहगत छलफल भई अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताउँनुभयो । उहाँले पार्टी एकतापछि ठूलो सङ्ख्यामा रहेको केन्द्रीय कमिटीभित्रका साथीबीच पनि अन्तरघुलन भएको धारणा राख्न्ुभयो ।समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उहाँले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने विषय बैठकसँगै अन्त्य भएको बताउनुभयो । नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट पार्नुभयो ।

एमसिसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्पmबाट कूटनीतिक नोट भारत समक्ष पठाइएको जानकारी दिनुभयो । नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उहाँले भारतबाट पनि यसमा सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group