ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि’


admin
२३ माघ २०७६, बिहिबार   २ : १६   बजे

काठमाडौं, २३ माघ । राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।”

सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद नन्दा चपार्इँले चीनसँगको नाकाबाट ल्याइने तरकारी कोरोना भाइरसका कारण आउन नसक्दा महँगो हुँदै गएकाले नेपालमै उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu