ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ६५ देखि ७० प्रतिशत बालबालिकामा दांत सड्ने रोग (भिडियोसहित)


एबीसी न्यूज
२४ माघ २०७६, शुक्रबार   १२ : १७   बजे

काठमाडौं, २४ माघ । नेपालमा दातको स्वास्थ्यमा धेरैले गम्भिरतापूर्वक ध्यान दिईएको देखिदैन । त्यसो त, देशमै केही वर्ष अघिसम्म त औंलामा गन्न मिल्ने मात्र दन्त चिकित्सकहरु थिए । अहिले पनि जति चिकित्सकहरु छन्, शहरी क्ष्ँेत्रमा मात्रै छन् । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा समेत ९० प्रतिशत दा“त सड्ने रोग पाइएको छ । नेपालमा पनि ६५ देखि ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयस्कमा दांत सड्ने रोग रहेको छ । दांतको रोगलाई कमजोर नठान्न चिकित्सकहरुले चेतावनी दिएका छन् ।

नेपालमा सन् १९८३ ताका अर्थात् ३५ वर्षअघि औंलामा गन्न सकिने दन्त चिकित्सकहरु मात्रै थिए । सन् २०१० यता देशमा दन्त चिकित्सकहरुको संख्यामा वृद्धि हु“दै गएको हो । पहिले–पहिले राजकीय र धनाढ्य परिवारको दन्त उपचारका लागि भारतबाट दन्त चिकित्सकहरु झिकाईने गरिन्थ्यो । तर आजकल सामान्य र मध्यम स्तरका सर्वसाधारणहरुमा पनि दन्त चिकित्साको पहु“च र चेतनामा वृद्धि–विकास हु“दै गएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालमा पनि सन् २०१० को सेप्टेम्बरबाट सामान्य ट्रिट्मेन्टको रुपमा दन्त उपचारको सुरुवात भएको सम्झन्छन्, काठमाडौं विश्वविद्यालअन्तर्गत धुलिखेल अस्पतालका वरिष्ठ दन्तचिकित्सक दशरथ काफ्ले । शहरीभन्दा ग्रामीण भेगका नागरिकले दा“तसम्बन्धी उपचार पाउनुपर्ने उद्देश्यका साथ काभ्रेमा गुणस्तरीय उपचारको सुरुवात गरिएको उनले बताए । जर्मनीका दन्त चिकित्सकहरुको सहयोगमा धुलिखेल अस्पतालमा दन्त उपचार सुरु गरिएपछि त्यो बेला बिरामी आउ“छन् कि आउ“दैनन् भन्ने चिन्ताको विषय बनेको थियो । पहिलो चोटी दा“तको बिरामी आउ“दा आफूलाई एकदमै खुसी लागेको डाक्टर काफ्ले स्मरण गर्छन् । अहिले सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंदेखि दैनिक ४० देखि ५० बिरामी दन्त उपचारका लागि धुलिखेल आउने गरेको डा. काफ्ले बताउंछन् ।

नेपालमा दा“त तथा मुखको उपचार अमेरिका, अष्ट्रेलिया, इङ्ल्याण्ड लगायतका देशहरुमाभन्दा निकै सस्तो छ । कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराईरहेको धुलिखेल अस्पतालमा विदेशबाट समेत नेपालीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालले दा“त चेकअपको २५० देखि ३०० रुपैंया, दा“त निकालेको १००, शल्यक्रियाको ८०० देखि १५०० र तार बानेको २५,००० देखि २८,००० रुपैंयामा सेवा उपलब्ध गराईरहेको छ । जब की, अन्य स्वास्थ्य संस्थाहरुमा सोही सेवाको खर्च १ लाख रुपैंयाभन्दा माथी हुन्छ भने विदेशमा त यसको चौब्बर र पा“चौ गुणाले बढी खर्च लाग्छ ।

धुलिखेल अस्पतालले सन् २०१५ देखि डेन्टल ईम्प्लान्टको सुविधा पनि उपलब्ध गराईरहेको छ । सेवाग्राहीमैत्री तथा बालमैत्री उपचारका लागि अस्पतालमा सोही अनुरुपको वातावरण बनाइएको छ भने, स्कूल अथवा कलेज पोशाकमा उपचार गर्न आएकाहरुलाई अझ प्राथमिकताका साथ सेवा उपलब्ध गराईरहेको अस्पताले जनाएको छ । बिरामीको व्यक्तिगत समस्या तथा पृष्ठभुमिलाई ख्याल राखी अपनाईएको उपचार प्रणालीप्रति बिरामी तथा उनीहरुका आफन्त पनि खुसी देखिन्छन् । करिब २ वर्षको अवधिमा लगभग ३५ हजारमा आफ्नो तार बान्ने शल्यक्रियाको उपचार सफल भएको सेवाग्राही सर्मिला बन्जाडेले बताइन । अन्य उपचार गराईरहेकाहरु पनि खुसी र सन्तुष्टै देखिन्छन् ।

दा“तको उपचार सामान्य रुपमा लिने गरेपनि यसले क्यान्सर जस्तो गम्भिर रोग समेत निम्त्याउन सक्ने स्वास्थ्यकर्मीहरु बताउ“छन् । दा“त मुखको सौन्दर्यस“ग पनि जोडिएका कारण जटिल प्रकृतिदेखि कस्मेटिकसम्मको उपचार हुने गरेको उनीहरुको भनाई छ । विशेषगरी स्कूले बालबालिकामा चाउचाउ, चक्लेट लगायत जंकफूडका कारण दात सड्ने गरेको छ । यसमा उत्पन्न जीवाणुले २० मिनेटमै अम्ल बनाउ“छ र यसले दा“तको कडा भागलाई सडाउदै लान्छ ।

दा“त तथा मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, मुखभित्रको घाउ, खटिरा, रोग, फोहोर साथै सुर्तीजन्य पदार्थ र सुपारीजन्य पदार्थको सेवन लगातार वा लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ । अन्य सामान्य व्यक्तिको तुलनामा स्वासप्रश्वास तथा मुटु सम्बन्धित रोग, बाथज्वरो, मधुमेह, हृदयघात र मष्तिष्कघात हुनेहरुमा मुख तथा गिजासम्बन्धि समस्या हुने गर्दछ । दन्तहर्षा र पाईरियाजस्ता सामान्य रोगबाट संक्रमण भै पछि खाद्यनली र सास फेर्ने नली समेत थिचिने र मानिसको ज्यानै समेत जाने सम्भावना हुन्छ । यसर्थ, कमसेकम वर्षमा १ चोटी वा नियमितरुपमा आफ्नो दा“त तथा मुखको चेकजा“च गरी आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group