ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु


एबीसी न्यूज
२४ माघ २०७६, शुक्रबार   ६ : ११   बजे

काठमाडौं, २४ माघ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो ।

हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ । छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बार्डियरले उत्पादन गरेको जहाज हो । यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो । यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group