ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राखिने (भिडियोसहित)


एबीसी न्यूज
२७ माघ २०७६, सोमबार   १२ : ३८   बजे

काठमाडौं, २७  माघ ।  विनाशकारी भूकम्प गएको चार वर्ष भइसके पनि पुननिर्माणको काम भने कछुवाको गतिमै देखिन्छ । यद्यपि सरकारले भने पुननिर्माणको काम ६० प्रतिशत सकिएको दाबी गरेको छ ।

विनाशकारी भूकम्प गएको चार वर्ष पूरा हुनलागेको छ । भूकम्पका कारण मुलुककै पहिचान र सांस्कृतिक सम्पत्तिका रूपमा रहेका पुरातात्विक सम्पदा पुननिर्माणले कार्यले ढिलै भए पनि गति लिन थालेको छ । सरकारले सांस्कृतिक सम्पदा संरक्षण र पुननिर्माण गर्ने क्रममा प्रयोग नभएका पुरातात्विक वस्तुहरु भने संग्राहलयमा राख्ने भएको छ ।

प्रयोग नभएका पुरातात्विक वस्तुहरु राख्न ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको छ । पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यतासम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन आवश्यक हुने मन्त्री भट्टराईले जिकिर गरे । पुरातात्विक सम्पदास्थल वरपर मानव वस्ती हटाइने, व्यापार गर्न नदिर्ने योजना रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

देशभर अहिले ७७ जिल्लामा करिब ५ हजार सांस्कृतिक सम्पदा रहेका छन् भने ४७० पुरातात्विक स्थलहरु रहेका छन् । त्यसमध्ये २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले उपत्यका लगायत ३१ जिल्लाका करिब ९ सय २० सम्पदामा क्षति पुगेको थियो । पुरातत्व विभागका अनुसार क्षति भएका मध्ये ४ सय सम्पदाको पुननिर्माण सम्पन्न भएको छ । यो वर्ष १५० वटा सम्पदा संरक्षण तथा पुनर्निर्माण गरिने र बाँकी ३७० वटा सम्पदाहरु भने अगामी २ वर्षभित्र पुननिर्माण गर्ने पुरातत्व विभागको लक्ष्य रहेको छ । भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणको कूल लागत ९ अर्ब १८ करोड ७८ लाख रुपैयाँमध्ये यो आर्थिक वर्षसम्ममा २ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको पुरातत्व विभागका निमित्त महानिर्देशक, दामोदर गौतमले बताए ।

विश्व मानचित्रमा नै सांस्कृतिक सम्पदाको हिसावले नेपालको छुट्टै पहिचान छ । यद्यपी, नेपालमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणलाई गति दिनुभन्दा पनि एक निकायले अर्कालाई दोषारोपण गर्ने काम मात्र भईरहेको सरोकारवालाहरुको भनाई छन् । तसर्थ, क्षतिग्रस्त अमूल्य सम्पदाको पुननिर्माण, संरक्षण र संवद्र्धनका सबै सरोकारवालाहरुबीच आवश्यक सहकार्य जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group