ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटार जग्गा प्रकरण : कोइराला सरकारले ५० लाख राजस्व छुट दिएको खुलासा


एबीसी न्यूज
२७ माघ २०७६, सोमबार   ४ : ४९   बजे

काठमाडौं, २७ माघ । गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा सरकारले नै राजस्व छुट दिएको दाबी गरेको छ । सरकारले ३१ बैशाख ०७२ सालमा आफूहरूलाई ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व मिनाहा गरेको संघका प्रवक्ता डीबी क्षेत्रीले बताउनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार संघले राजस्व छुट पाउँदा स्व. सुशील कोइराला प्रधानमन्त्री रहनु भएको थियो । तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको प्रस्तावमा मन्त्रिपरिषद बैठकले संघलाई राजस्वमा छुट दिने निर्णय गरेको थियो । ललिता निवासको जग्गा संघको नाममा आउनुभन्दा पहिला नै सरकारले राजस्व नलिने निर्णय गरेको देखिन्छ ।

किनभने, संघले १४ जेठ २०७२ मा आएर मात्रै जग्गा आफ्नो नामसारी गरेको देखिन्छ । गैरआवासीय नेपाली संघले १२ करोड ७२ लाख रुपैयाँमा ललिता निवासको तीन रोपनी जग्गा किनेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघमा १७५ विरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गैरआवासी नेपाली संघलाई पनि प्रतिवादी बनाएको छ । अख्तियारले संघलाई जग्गा फिर्ता प्रयोजनका लागि विपक्षी बनाएको हो । साविक हाँडीगाउँ मौजा ४५६ नम्बरको लगत भिड्ने सरकारी जग्गा आफ्नो नाममा राखेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu