ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिनादेखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प


admin
२८ माघ २०७६, मंगलबार   १२ : ५६   बजे

काठमाडौं, २८माघ ।जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उहाँ सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आउनुभएका एमडीजिपी डा महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् । स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आउनुभएका डा सिलवाल एक वर्ष बिताएर फर्किनुभएका हो । अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोस बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफू फर्किएको उहाँले बताउनुभयो ।

सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन् ।

लामो समयदेखि उहाँले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ । अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरुले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा भूपेन्द्रप्रकाश मल्लले बताउनुभयो । यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि सेवाग्राही स्थानीयवासी मर्कामा परेका छन् ।

अस्पतालमा कार्यरत अति न्यून सङ्ख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गर्नुभयो । “विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन् । नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने”, उहाँले भन्नुभयो, “करीब रु पाँच लाख चिकित्सकहरुले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उहाँहरुले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनुभएको छ । कसरी समाधान गर्ने रु”

चार वर्षअघि १५ श्ययाबाट ५० श्यया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स आठमध्ये सात रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताउनुभयो । उहाँले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एक जना पनि बिरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधिसमेत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group