ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तिपाईले रोगबाट वच्न दुइ थरी औषधि, दशौ वर्षदेखि विश्वभर प्रयोग गरिदै (भिडियोसहित)


admin
२८ माघ २०७६, मंगलबार   १ : ०५   बजे

काठमाडौं, २८ माघ । राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान अन्तर्गत बर्दियामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइएको छ । बर्दियामा गर्भवति, सुत्केरी भएको ७ दिन भित्रका महिला , २ वर्ष मुनिका बालबालिका, र गम्भिर प्रकृतिका विरामी बाहेक अन्य सवैलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइएको छ ।

जिल्लाका ४ लाख ७७ हजार ६ सय ६६ जनसंख्या मध्ये ४ लाख ४५ हजार ५ सए ३१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने भएको हो । औषधि खाने ४ लाख ४५ हजार ५ सए ३१ जना मध्ये कोहि भारत तथा तेस्रो मुलक रोजगारीका लागि र अन्य कामका लागि गएकाहरुलाई घर फर्किएपछि स्थानीय स्वास्थ्य सस्थाबाट खुवाइने भएको हो । औषधि खुवाउनका लागि करिब ३ सए वटा बुथ सेन्टर तोकिएका थिए भने, ८ सए ४१ महिला स्वास्थ्य स्वंयम सेविका र ४ सए जना स्वास्थ्य कर्मी खटाइएको थियो । बर्दियाका ८ वटा स्थानीय तह मध्ये गुलरिया नगरपालिका औषधि सेवनका हिसाबले निकै कम रहेको छ । सामाजिक र धार्मिक मान्यताका कारण औषधि सेवन गराउनु मुख्य चुनौतिका रु।पमा देखिएको छ । विगतका वर्षमा सवै भन्दा कम औषधि सेवन गरेका समुदाएको आधारमा गुलरिया नगरपालिकाको मुस्लिम समुदायको बाहुल्य रहेको स्थानबाट सुरुवात गरिएको थियो । मदरसा असरफिया मसउदुल उलुम प्राविका प्रधानअध्यापक मोहम्मद इसाद खाले विगतको भन्दा यस पटक हात्तिपाईले विरुद्धको औषधि खानेमा उल्लेखनिय बृद्धि हुने दावि गरे । समस्या मुस्लिम समुदायमा मात्र नभएर अन्य समुदायमा पनि हात्तिपाइले विरुद्धकोे औषधि सेवनले नकारात्मक असर पर्ने भ्रमका कारण पनि समस्या उत्पन्न भएको हो । जनचेतनाको कमिका कारण पनि विगतका वर्षहरुमा लक्ष्य अनुसार औषधि खुवाउन सकिएको थिएन । हात्तिपाईले विरुद्धको औषधि खानु पर्छ भनेर सन्देश नगर , वडा तथा टोल टोलमा जानकारी गराइएको गुलरिया नगरपालिका वड न ७ का वडाअध्यक्ष गीता बस्नेत बताउछिन् ।

आम नागरिकमा औषधि सेवन बारे गलत धारणा, सामाजिक तथा धार्मिक मुल्य मान्यता , सर्भिलेन्सका क्रममा पास हुन नसकेका जिल्लाहरु, शहरी क्षेत्रमा औषधि सेवनको प्रगति सन्तोषजनक नहुनु , नया संरचनामा आम औषधि सेवन अभियान संचालनका साथै उपलव्धिलाई दिगो बनाइराख्नु मुख्य चुनौतिको बिषय बनेका छन् । औषधी खान छुटेकालाई घरदैलो अभियान संचालन गरिने भएको छ । घरदैलो अभियान कम्तिमा पनि ३ दिन सम्म संचालन गरिने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । नेपालमा ६३ वटा जिल्ला हात्तिपाईले रोगको जोखिममा रहेका छन । जस मध्ये यस पटक झापा , मोरङ, धनकुटा, बारा, पर्वत, लम्जुङ , बागलुङ , कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुर गरी १३ वटा जिल्लाका ७० लाख मानिसहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइदै छ । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्म आम औषधि सेवन मार्फत विश्वबाटै यो रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । विश्वका ७१ मध्ये २१ संक्रमित देशहरुले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन । हालसम्म ४९.९ करोड मानिसहरुले पुर्ण उपचार पाएका छन । हात्तिपाईले रोगबाट वच्न दुइ थरी औषधिहरु प्रयोग हुन्छन जुन पुर्ण रुपमा सुरक्षित छन र यी औषधि दशौ वर्षदेखि विश्वभर प्रयोग गरिदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu