ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध


admin
२८ माघ २०७६, मंगलबार   २ : ०१   बजे

काठमाडौं, २८ माघ । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन, फक्सटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं गोर्खा फाउन्डेसन बेलायतका दाता रे जोन्सन र फक्सटनका पूर्व काउन्सिलर एवं गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङ हुनुहुन्छ । सो अवसरमा फक्सटन टाउन काउन्सिलका मेयर मेडले मेचीनगर आउँदा आफूलाई गोर्खाहरुको शहरबाट गोर्खालीको घर आएको अनुभूति भएको बताउनुभयो । मेचीनगरका प्रमुख आचार्यले मितेरी साइनो गाँसिएपछि फक्सटनसँग विकासमा साझेदारी हुने विश्वास व्यक्त गर्नुभयो । मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बेलायतको दक्षिणी नगर फक्सटन र नेपालको दक्षिणपूर्वी शहर मेचीनगर दुबैको भौगोलिक अवस्था उस्तैउस्तै रहेको बताउनुभयो ।मितेरी सम्बन्ध गाँस्न सूत्राधारको भूमिकामा रहेका मेचीनगरबासी एवं फक्सटनका पूर्व काउन्सिलर गुरुङले लामो कसरतपछि छ हजार माइल टाढाको फक्सटनसँग मितेरी गाँसिएको बताउनुभयो । मेचीनगर र बेलायतको फक्सटन नगरबीच मितेरी सम्बन्ध स्थापनाका लागि संविधानसभा सदस्य रबिन कोइराला र हाल बेलायतमा रहेका पूर्व काउन्सिलर गुरुङको योगदानलाई विशेष स्मरण गरिएको छ ।

विसं २०५३ मा मेचीनगर नगरपालिकाको प्रथम नगरप्रमुख रहेका बेला रबिन कोइरालाले नै फक्सटन नगरलाई मितेरी सम्बन्धको पहिलो प्रस्ताव गरेको र सो प्रस्ताव आफूले बोकेर बेलायत पुर्याएको पूर्व काउन्सिलर गुरुङ बताउनुहुन्छ ।तत्कालीन नगरप्रमुख कोइरालाका अनुसार सन् २००६ नोभेम्बर १८ मा गुरुङमार्फत फक्सटनलाई प्रस्ताव पठाइएको थियो । दुई वर्षपछि सन् २००८ अप्रिलमा फक्सटनले मेचीनगरको प्रस्वात स्वीकार गरेको पत्र पठाएको थियो । विसं २०६४ कात्तिक २१ गते शहरी विकास मन्त्रालयले मितेरी सम्बन्ध गाँस्न स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group