ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय प्रजातन्त्र दिवस : भव्यरुपमा मनाइने


admin
२८ माघ २०७६, मंगलबार   ५ : ५६   बजे

काठमाडौं, २८ माघ । सरकारले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

दिवस सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र चौर, कवाज, व्यायाम व्यवस्थापन उपसमितिको संयोजकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई तोकिएको छ ।

आगामी फागुन ७ गते मनाइने दिवसको अवसरमा ६ गतेदेखि नै तीनदिन विभिन्न कार्यक्रम सञ्चालन गरिने गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ६ गते नगर सरसफाइ तथा सजावट, प्रचारप्रसार, तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने छ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुनेछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृहमन्त्रालयले जनाएको छ ।

दिवसको अवसरमा फागुन ६, ७ र ८ गते घरघरमा साँझ दीपावली गर्नसमेत सरकारले आग्रह गरेको छ । स्कूल, सङ्घसंस्था र पालिका तथा प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासले समेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।

यस्तै उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने सरकारले जनाएको छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने सरकारले जनाएको छ । दिवसका अवसरमा सरकारले विभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी, खेलकूद, परिसंवाद, प्रवचन, तथा गोष्ठी, झाँकी प्रदर्शन र सरसफाइजस्ता कार्यक्रम गरेर मनाउन सरकारले सबैमा अपिल गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group