ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक आयोगमा कुनै हस्तक्षेप छैन – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२९ माघ २०७६, बुधबार   ७ : ४१   बजे

काठमाडौ, २९ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९आँै स्थापना दिवसका अवसरमा  आयोजित कार्यक्रममा उहाँले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप नगरी निष्पक्ष तरिकाले काम गर्न दिएको बताउनुभयो ।

‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन’’, उहाँले भन्नुभयो, ‘‘ सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’

उहाँले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेमात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । ‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचारमा निल्र्लजता थपिएको जनाउँदै कहाँ सदाचार र कहाँ भ्रष्टाचार रहेको छ भन्ने छुट्टाउन गाह्रो छ भन्नुभयो ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले वक्तृत्वकलामा प्रथम हुने विक्रम पन्थीलाई रु २५ हजार र कविता प्रतियोगितामा प्रथम हुने पुजन ढुङ्गानालाई रु २५ हजार र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu