ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा कोरोना संक्रमणको सम्भावना छैन – स्वास्थ्यकर्मी


एबीसी न्यूज
२९ माघ २०७६, बुधबार   ११ : १०   बजे

सिन्धुपाल्चोक, २९ माघ  । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको संक्रमणको संभावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत संक्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भाइसर संक्रमको कुनै संभावना नरहेको बताउनुभयो ।

सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनुभयो ।

साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताउनुभयो । यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको र अहिले जलविरेबाट चिकित्सकको टोली लिएर आफू त्यसतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।

गाउँमा २०१ जनामा संक्रम भएका मध्ये १० जनाको उपचार भएको र एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष नेपालले जनाकारी गराउनुभयो । गाउँपालिकामा हेल्थ असिस्टेन्ट मात्रै भएकाले आफूले चिकित्सकको टोली लिएर जान लागेको बताउनुभयो ।

गाउँमा भाइरल संक्रम भए पछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu