ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक र स्वास्थ्यकर्मी जिम्मेवार बने सबैका लागि गुणस्तरीय स्वास्थ्य उपचार सम्भव (भिडियोसहित)


एबीसी न्यूज
२९ माघ २०७६, बुधबार   १ : ११   बजे


काठमाडौ, २९ माघ । पछिल्लो केही दशकयता तुलनात्मक रुपमा देशको स्वास्थ्य सेवा प्रणाली सुधारोन्मुख रहेको विभिन्न तथ्यांकले देखाएको छ । ग्रामीण र सुदुर भेगमा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवाको पहुचमा पनि संख्यात्मक रुपमा वृद्धि भइरहेको छ । तर, सर्वसुलभ रुपमा आम नागरिकले पाउनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च भने अझै न्यून छ । फलस्वरुप अपूर्ण र अपरिपक्व स्वास्थ्य उपचारका कारण आम नागरिकले विभिन्न जटिलता भोग्दै आएका छन् ।

धेरै पर नजाऔं, केही दशक अघिसम्मै हो, झाडाबान्ता होस् या गम्भिर प्रकृतिका रोगहरु, धूप, अक्षेता, कालो बोका र कुखुरा बोकेर भूतप्रेत मन्साउन धामीझा“क्रीकहा“ जाने गरिन्थ्यो ।

यो चलन ग्रामीण क्षेत्रमा अधिक रहे पनि शहरी क्षेत्रमा समेत यस्ता घटना यदाकदा भेटिन्छ । पूर्वजन्मको पाप र बोक्सी जस्ता अन्धविश्वासका कारण कयौं मानिसले ज्यान मात्रै गुमाएनन्, यसको नकारात्मक असर धार्मिक र सामाजिक क्षेत्रमा नराम्रोस“ग गढ्यो । यसैकारण पनि होला, १५–२० दशक अघिसम्म नेपालीको औसत आयु पुरुषको ४८ वर्ष र महिलाको ५२ वर्ष थियो ।

स्वास्थ्य उपचारको सेवा विस्तार र जनचेतना विकासकै एउटा उपलब्धि हो, अहिले यो आयु बढेर पुरुषको ६८ र महिलाको ७२ वर्ष पुगेको धुलिखेल अस्पतालका प्रमुख डाक्टर रामकण्ठ मकाजु बताउ“छन् । स्वास्थ्य संस्थाको स्थापना र संचालन व्यवस्थापनको अधिकार संघीयतापछि स्थापित ७५१ वटा स्थानीय सरकारमा विस्तार भएको र यसले स्वास्थ्य क्षेत्रमा पनि थप टेवा पु¥याईरहेको डाक्टर मकाजुको ठहर छ । यद्यपी सबै नेपालीले सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार पाउन सकेका छैनन्, यसतर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाई छ ।

त्यसो त धुलिखेल अस्पतालले पनि छोटो समयमै प्रसिद्धि कमाईसकेको छ । अस्पताल स्थापनाको ३ वर्षमै डाक्टर मकाजुले आफ्नो बुवाको मृगौलाको उपचार पनि यही अस्पतालमा गराएका थिए । झण्डै १५ वर्ष अगाडि नै आमा सुरक्षा कार्यक्रम मार्फत अस्पतालले गर्भवती महिलाहरुको लागि जम्मा ४५० रुपैंया शुल्कमा ९ महिनाको स्वास्थ्य जा“च, डेलिभरी र भर्खर जन्मिएको शिशुलाई १ जोर नया“ लुगा समेतको प्याकेज बनाएको थियो । हाल छिमेकी मुलुक चीनमा फैलिरहेको कोरोना भाईरसबाट हजारभन्दा बढीले ज्यान गुमाईसकको र यसको असर अन्य मुलुकमा समेत परिरहेको अवस्थामा यसै कोरोना भाईरसप्रति गम्भिर हु“दै अस्पतालले आफ्नो तर्फबाट अध्ययन गरिरहेको छ । त्यस्तै आईतबारबाट पहिलो पटक दुर्घटना, हत्या लगायत विविध कारणवश ज्यान गुमाएकाहरुको पोष्टमार्टम् गर्ने ओटोप्सी प्रणाली पनि सुरु गरिसकेको छ । गुणस्तरीय सेवाका लागि सरकारको मुख ताक्नुभन्दा प्राज्ञ तथा स्वास्थ्यकर्मीहरु स्वयम् जिम्मेवार बन्नुपर्ने डाक्टर मकाजुको धारणा छ ।

हुन त, एक नागरिकलाई आफ्नो स्वास्थ्यबारे स्वयम् आफैं सचेत र जानकार हुन आवश्यक छ । नेपालको संविधान २०७२ को धारा ३५ का विभिन्न उपधाराहरुमा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा आमनागरिकले पाउनुपर्ने तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगरिने व्यवस्था सुनिश्चित गरेको छ । यस्तै आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा हरेक जानकारी राख्ने र सेवामा समान पहु“च राख्ने हक संविधानले प्रदान गरिसकेको छ । तर पनि, गुणस्तरीय स्वास्थ्य उपचारको अभावमा सर्वसाधारणले यो वा त्यो रुपमा विभिन्न समस्या खेपिरहेका छन् । यहा“सम्म कि, डाक्टरले लेखिदिएको औषधी किन्न र खान नजानेकै कारण पनि कयौं बिरामीहरु थप बिरामी परिरहेका छन् । औषधि बेच्ने फार्मेसीहरुले पनि औषधिबारे राम्रोस“ग बुझाएर मात्रै बिरामीहरुलाई सेवन गर्न लगाउनुपर्ने एक चिकित्सक सुझा“उछन् ।

प्रचारात्मक तथा नाफामुखी रुपमा च्याउसरी उम्रिएका स्वास्थ्य संस्थाहरु नागरिकको स्वास्थ्यप्रति कतिको संवेदनशील छन् त ? भन्ने प्रमुख प्रश्न हो । हुन त, क्षमताअनुरुपको स्तरीय स्वास्थ्य उपचार हरेक नागरिकले पाउनुपर्छ तर यसो भन्दैमा पहु“चबिहीनहरु पनि आर्थिक लगायत विभिन्न समस्याका बाबजुद गुणस्तरहिन स्वास्थ्य सेवामै रुमलिने र अन्तमा ज्यानै गुमाउनुपर्ने वाध्यात्मक अवस्था पनि अन्यायपूर्ण हुन्छ । यसर्थ, आम सर्वसाधारणको स्वास्थ्य हितका लागि संख्यात्मक रुपमा वृद्धि भएको स्वास्थ्य संस्थाहरुको स्तर र गुणस्तर पनि विकास हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group