ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र


admin
३ फाल्गुन २०७६, शनिबार   १ : ३७   बजे

काठमाडौं ३ फागुन ।  सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।

दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो । सडक कालोपत्र नहुँदा उक्त सडक सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ । उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो । सडक कालोपत्र नहुँदा सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।

भ्याटसहित रु एक करोड ४९ लाख ३० हजार ९३२ ठेक्का स्वीकृत भएर विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि उक्त निर्माण सेवाका निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले बताउनुभयो । “निर्माण कम्पनीलाई २०७६ कात्तिक १९ सम्म गरी दुई वर्षको निर्माण सम्झौता अवधि थियो । त्यो सकिएको तीन महिना नाघिसकेको छ”, उहाँले भन्नुभयो, “सम्पर्कमा आउन बारम्बार पत्राचार गर्दासमेत ठेकेदार सम्पर्कमा नआउँदा काम अलपत्र परेको हो ।” ठेक्का सम्झोता भएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र नहुँदा स्थानीयवासी निकै आक्रोशित भएका छन् ।

ठेकेदारको लापरवाहीका कारण फराकिलो र सफा सडक देख्ने आश गरेका स्थानीयवासी सडक कालोपत्र नहुँदा निकै निरास भएको स्थानीयवासी लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदारले किन ठेक्का लिनु, ठेकेदारको लापरवाहीले नागरिकलाई सास्ती किन दिने ।” ठेकेदार कम्पनीका दुईजना साझेदारबीचमा आपसी ‘लेनदेन’ को विवादले काम सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ ।देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुरका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि एकापसमा मेलमिलाप नभएका कारण यहाँको कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिँदै आएको अर्का स्थानीयवासी नैनसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारबीचमै आपसी मेलमिलाप नहुँदा कालोपत्रको काम अलपत्र परेको सुनिँदैछ, काम नगर्नेलाई कारवाही हुनुपर्छ ।” सडक कालोपत्र गर्ने भन्दै उक्त योजनामा ठेकेदार कम्पनीले रु ३१ लाख पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।

कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायी १५ दिनभित्रमा सम्पर्कमा आएर काम नगरे ठेक्का सम्झौता तोडेर नयाँ बोलपत्र आह्वान गरिने छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu