ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीजी सिमेन्ट र स्थानीयबासिन्दाबीच तनाब बढ्दै : माग पुरा नभए उद्योग पुनः बन्द गराउने चेतावनी (भिडियोसहित)


एबीसी न्यूज
८ फाल्गुन २०७६, बिहिबार   २ : ४०   बजे

 

पाल्पा, ८ फागुन ।  सिजी सिमेन्ट उद्योगका कर्मचारीले दादागिरि देखाएको र जथावाबी फोहर गरेको आरोपमा स्थानीय बासीले पाल्पाको सीजी सिमेन्ट उद्योगमा चारदिनसम्म तालावन्दी लगाए । तालावन्दी गएराति १ बजेदेखि खोलिएको छ ।

पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा सिजी सिमेन्ट उद्योग रहेको छ । यो उद्योगले वातावरण प्रदुषण गराएको भन्दै स्थानीय जनताले उद्योगमा तालावन्दी गरे । उद्योगको काम चारदिनसम्म ठप्प भयो । आफ्ना माग पुरा नगरेको भन्दै स्थानीयबाट तालाबन्दी गरिएपछि उद्योगको सबै काम बन्द भयो । निर्माण कम्पनी भारतीय आयुके र सिजी सिमेन्ट उद्योगको प्रशासनमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका थिए । गए राती सरोकारवाला निकाय र कम्पनीबीच स्थानीयका माग पुरा गर्न सहमति भएपछि ताला खुलेको छ ।

विशेषगरी स्थानीयबासिन्दाले उद्योगले वातावरण प्रदुषण गराएको विषयलाई गम्भीर ढंगले उठाएका छन् । सुन्दर पहाडको बीचमा रहेको गाउंमा यसअघि कहिल्यै धुलो धुंवा देखिंदैनथ्यो । तर, जब सिमेन्ट उद्योगको काम सुरु हुन थाल्यो, धुंवा धुंलोले आकाश देखिन छोड्यो । उद्योगमा ओहोरदोहोर गर्ने ट्रिपरले सडक बिगारेको, तिब्र गतिमा ट्रिपर चलाउंदा दुर्घटना बढ्ने डर भएको स्थानीय बासिन्दा बताउ.छन् । अझ, निर्माणमा संग्न भारतीय कम्पनी आईयुके कामदारले जथाभावी फोहोर गरेर वातावरणीय प्रदुषण बढाएको आरोप स्थानीयको छ ।

यो विवाद विगतदेखि पनि उठ्दै आएको थियो । केही दिनअघि पनि यही विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कम्पनीबीच छलफल भएको थियो । समिति निर्माण गरेर वार्ता गर्ने र समस्या समाधान गर्ने भन्ने निष्कर्षमा पुगेको थियो । उद्योगले स्थानीयलाई काम दिने वाचा पनि गरेको थियो । तर, कुनै वाचा पुरा नगरेको अर्का स्थानीयबासि दिपक पान्डे बताउंछन् । बाईट…दीपक पाण्डे, स्थानीयबासिन्दा
त्यसो त, गाउंमा ठूलो उद्योग खुल्दा गाउंको आर्थिक विकास हुने विश्वास स्थानीय जनतामा नहुने कुरै भएन । गाउंका युवा समेत रोजगारी पाउनेमा विश्वस्त थिए । तर कम्पनीले आजसम्म कुनै पनि युवाले रोजगारी नपाएको स्थानीय युवा क्लबका अध्यक्ष राजु पोखरेल बताउंछन् ।

स्थानीय बासिन्दासंग भएको विवादबार हामीले कम्पनीका महाप्रबन्धक कल्याण पन्तसंग बुझेन प्रयत्न गरेका थियौं । तर पन्तले यसविषयमा प्रतिक्रिया दिनै चाहेनन् । निमार्णाधीन अबस्थामा रहेको सीजी सिमेन्ट उद्योगले स्थानीय जनताको खेतमा सिचाई गर्ने कूलो समेत पुरेको छ । कुलो पुरिएछि दुई साता अघि पनि स्थानीय बासिन्दा र कम्पनीबीच विवाद भएको थियो । पछि उद्योगले कुलो बनाइदिने वचन दिएको थियो ।
चौधरी ग्रुपले रैनादेवी छहराको सोमादी सर्देवामा सिमेन्ट उद्योग स्थापना गर्न झण्डै ५ सय रोपनी जग्गा खरिद गरिसकेको छ । यस्तै रिब्दीकोट गाउ“पालिका–२, देउरालीको डम्बकमा समेत ३ सय ८० रोपनी जग्गा खरिद गरेर राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu