ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ– अध्यक्ष थापा


admin
१० फाल्गुन २०७६, शनिबार   ३ : ३७   बजे

काठमाडौं, १०  फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उहाँको भनाइ थियो ।

एमसिसीबारे पत्रकारको जिज्ञासामा उहाँले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताउनुभयो । एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उहाँको भनाइ थियो । आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu