ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैका साझा र लोकप्रिय नेता अधिकारी : प्रधानमन्त्री


एबीसी न्यूज
१५ फाल्गुन २०७६, बिहिबार   ६ : ४०   बजे

काठमाडौं, १५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी सबैका साझ र लोकप्रिय नेता भएको बताउनुभएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित रवीन्द्र अधिकारी स्मृति समारोह एवं विविध कार्यक्रममा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले अधिकारी समाजसेवी, मृदुभाषी र सबैका लोकप्रिय नेता भएको बताउनुभयो ।

‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य प्राप्तिमा अधिकारी क्रियाशील रहेकै सन्दर्भमा उहाँको निधन भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “उहाँको जीवनसँगै उहाँको निधन देशका जनताको विकास र चाहना पूरा गर्ने सिलसिलामा भयो ।” प्रधानमन्त्री ओलीले अधिकारी निष्ठावान, चरित्रवान एवं देश र जनताप्रति समर्पित एक सच्चा नेता भएको उल्लेख गर्नुभयो । सकारात्मक सोच र लगनशीलता अधिकारीमा रहेको बताउँदै उहाँले पार्टीलाई एकताबद्ध र नैतिकवान् बनाउन पनि उहाँबाट प्रेरणा लिएरअघि बढ्नुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले रवीन्द्रको निधनसँगै देशले असल जनप्रतिनिधि गुमाएको धारणा राख्नुभयो । समाज एवं देशको विकासका साथै पार्टी सङ्गठन निर्माणमा अधिकारीले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै उहाँले सबैसँग मिलेरअघि बढ्नसक्ने उहाँका असाधारण क्षमता रहेको उल्लेख गर्नुभयो ।

संवैधानिक रुपमा नै राजदरबारका सदस्यको विरोधमा बोल्न नपाउने अवस्थामा पनि उहाँले प्रविण गुरुङको हत्याका विरुद्धमा जनमत सङ्कलन गर्नुभएको मन्त्री भट्टराईले स्मरण गर्नुभयो । अधिकारीको निधनले गण्डकी प्रदेशका साथै समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै उहाँले अधिकारीको क्रियाशिलता, निष्ठता तथा जनता प्रतिको उत्तरदायीपनका कारण नै यहाँका जनताले उहाँलाई पटक–पटक निर्वाचित गराएको स्मरण गर्नुभयो ।

विद्यार्थीलाई सार्वजनिक सवारीसाधनमा सहुलियतका साथै देशको सीमा सुरक्षाका लागि अगुवाइ गर्ने लगायतका धेरै काम अधिकारीले गर्नुभएको भट्टराईले उल्लेख गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको विशेष श्रेय अधिकारीमा नै जाने बताउँदै उहाँले सन् २०२१ मा विमानस्थल सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रका अधुरा सपनालाई पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो । निर्माणाधीन पोखरा विमानस्थललाई समयमा नै सञ्चालनमा ल्याउनु रवीन्द्र प्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० पनि उहाँकै अवधारणा भएको स्मरण गर्नुभयो ।

सबैसँग न्यानो सम्बन्ध कायम गर्दै जनताको नेतृत्व गर्न सक्ने विशिष्ट गुण रवीन्द्रमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले पार्टीमा गुटभन्दा माथि रहेर पार्टी अनुशासनमा रहने रवीन्द्रबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको चर्चा गर्दै उहाँले जनमतका विरुद्धमा जाने अधिकार कोही कसैलाई नभएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी क्रमशः सुरज परियार ललितपुर, मनिता योङहाङ, विराटनगर र रामचन्द्र अधिकारी ओखलढुङ्गालाई नगद २५, २० र १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै क्यानभासमा रवीन्द्र अधिकारी कला कार्यशालाका संयोजक रमेश श्रेष्ठ लगायतका कलाकारलाई प्रमाणपत्र प्रदान गरियो ।

थामिएनन् विद्याका आँशु

प्रतिष्ठानद्वारा पोखरा सभागृह हलमा आयोजित प्रथम स्मृति दिवसमा रवीन्द्र पत्नी विद्या भट्टराईका आँशु थामिएन । शोकलाई शक्तिमा बदल्दै उप निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बन्नुभएका भट्टराई स्मृति दिवसको कार्यक्रम शुरु हुँदादेखि नै भावुक देखिनुहुन्थ्यो । अधिकारीको विद्यार्थीकालदेखि राजनीतिका विभिन्न कालखण्ड र घटनाक्रमसँग जोडिएका भिडियो जब हलमा राखिएका स्क्रिनमा देखाइए तब विद्यालगायत सबैलाई भाव शून्य बनाइदियो । विद्या एकटकले भिडियो हेरिरहनुभएको थियो, अनवरत उहाँका आँशु बगिरहेका थिए ।

उहाँसँग रहनुभएका राजनीति सहयोद्धा संस्कृतिमन्त्री भट्टराई पनि निकै भावुक भएर रवीन्द्रलाई हेरिरहनुभएको थियो । रवीन्द्रका राजनीतिक उपलब्धिलाई समेटिएको भिडियोमा उहाँले नेतृत्व गरेका विद्यार्थी सहुलियतदेखि संसद्मा बोलेका महत्वपूर्ण प्रस्ताव, उच्चस्तरीय भेटघाट लगायतका महत्वपूर्ण कुरालाई उतारिएको थियो । दुर्घटना हुनुपूर्व ताप्लेजुङमा गरेको अन्तिम सम्बोधन हेर्दा दर्शक दीर्घाबाट सुक्क सुक्क आवाज आएको थियो ।

बालबालिकादेखि युवा, वयस्क र ज्येष्ठ नागरिकसम्मको मनमा बस्न सफल अधिकारीको अन्तिम दाह संस्कारको तस्बीर र भिडियोले पत्नी विद्या हलका सबै दर्शक भावुक बनेका थिए । कास्की रवीन्द्र अधिकारीको जन्मथलो मात्र नभई उहाँलाई राजनीतिको उचाइमा पु¥याउने जिल्ला पनि हो । कस्केली जनताले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित गराएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं। २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

तसर्थ पनि सो स्मृति सभामा पार्टीका नेता कार्यकर्ता मात्र थिएनन् फरक विचार र आस्था भएका व्यक्ति समेतको उल्लेख्य सहभागिता थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जिम्मेवारी सम्हालेका अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu