ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक– मन्त्री गुरुङ


admin
१६ फाल्गुन २०७६, शुक्रबार   ७ : २०   बजे

काठमाडौं, १६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभ्य समाज निर्माणका लागि सर्वसाधारणमा अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक भएको बताउनुभएको छ ।

नेपाल स्काउटद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालमा अधिकारका कुराले धेरै प्राथमिकता पाए पनि कर्तव्यका विषय त्यसअनुरुप उठ्न नसकेको बताउनुभयो । राजनीतिक आन्दोलनदेखि एनजिओ आइएनजिओले पनि अधिकारका कुरालाई नै सधैँ उठाइरहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले नागरिकलाई अधिकारसँगै उनीहरूको दायित्व तथा कर्तव्यबारे जानकारी हुनुपर्ने बताउनुभयो ।देश परिवर्तित सङ्घीय शासन व्यवस्थाअनुरुप समृद्धि र विकासको बाटोमा अघि बढेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरतासमेत कायम भएका कारण विकासमा क्रमशः गति लिँदै गएको बताउनुभयो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले लामो समयदेखि अन्योलतामा गुज्रिएको स्काउटलाई वर्तमान सरकार आएपछि गतिशील बनाइएको बताउनुभयो ।

नेपाल स्काउटलाई समयसापेक्ष अघि बढाउनका लागि नयाँ ऐनको मस्यौदा अघि बढाइसकिएको बताउँदै उहाँले आगामी अधिवेशनमा उक्त ऐन संसद्बाट पारित हुने बताउनुभयो । प्रदेशस्तरमा स्काउटका तदर्थ समिति गठन गरिने बताउँदै मन्त्री विश्वकर्माले देशका सबै स्थानीय तह एवं विद्यालयसम्म स्काउटका संरचना पु¥याइने जानकारी दिनुभयो ।नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउँदै प्रदेशस्तरमा गरिने यस किसिमका प्रशिक्षण बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद विद्या भट्टराई, प्रदेशसभा सदस्य कृष्ण थापा, राजीव पहारी, विन्दुकुमार थापालगायतले स्काउटको महत्वबारे प्रकाश पार्नुभयो । पोखरामा आगामी फागुन २० गतेसम्म चल्ने प्रशिक्षणमा गण्डकी प्रदेशअन्तर्गत ८५ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १८ देखि ३५ वर्ष उमेर समूहका ३९१ प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu