ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको सुपथ मूल्य पसल शुरु


एबीसी न्यूज
१९ फाल्गुन २०७६, सोमबार   ८ : १३   बजे

काठमाडौं, १९ फागुन नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आइतवारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गर्नुभयो । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।

वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।

यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ । बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो ।

भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दैआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group