ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले तोक्यो थप सात केन्द्रीय विभागका प्रमुख


admin
१९ फाल्गुन २०७६, सोमबार   ६ : ०१   बजे

काठमाडौं, १९ फागुन  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । यसअघि उहाँले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोक्नुभएको थियो ।

सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद्, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको विधानमा २८ केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले विभाग बढाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याइएको थियो । काँग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको नियमित अवधि समाप्त हुन लागेपछि नेतृत्वले केन्द्रीय विभाग गठन गर्न थालेको छ ।काँग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

विधानको उक्त प्रावधानमा टेकेर काँग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि यही फागुन २० गतेदेखि लागू हुने गरी विसं २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिसकेको छ । काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu