ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी


admin
२० फाल्गुन २०७६, मंगलबार   १ : ०८   बजे

काठमाडौं, २० फागुन ।  प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो । सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक यही फागुन २२ मा बोलाइएको बताउनुभयो । उहाँले फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताउनुभयो ।

सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । उहाँले प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गर्ने बताउनुभयो । प्रदेश नं २ को स्थायी राजधानीबारे सबै दल एकमत भए पनि प्रदेशको नाममा सहमति हुनसकेको छैन । प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मतरूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । सो समितिले प्रदेशको राजधानीको टुङ्गो लगाए पनि प्रदेशको नामकरण भने टुङ्गो लगाउन सकेको छैन । समितिको पहिलो बैठक शुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी नेकपा ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् । प्रदेशको नामकरणबारे सहमति जुटाउन पटक–पटक बसेको समितिको बैठकमा सत्तारूढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।

मधेश जोड्दै नेकपाले जानकी–मधेश र काँग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारूढ दललाई सुझाएका थिए । प्रदेश नं २ मा सत्तारूढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सदस्य छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी फोरमका एक सदस्य प्रदेशसभामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group