ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं– मुख्यमन्त्री भट्ट


admin
२१ फाल्गुन २०७६, बुधबार   ५ : ३५   बजे

काठमाडौं, २१ फागुन, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले परिवर्तनका ठूला कुरा गर्नुभन्दा साहस देखाएर अघि बढ्नुपर्ने बताउँदै समाजमा देखिएका सबैखाले विभेद, विकृति, विसङ्गतिको अन्त्य गर्नमा सबैले एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले समाजलाई उत्तेजिततर्फ बनाउनुभन्दा व्यवस्थित गर्नतिर छलफल चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले लक्षित समुदायका समस्यालाई पहिचान गरी प्राथमिकीकरण गरेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

समाजमा चित्त बुझे राम्रो, नभए नराम्रो भन्ने प्रवृत्ति बढेर गएकामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले असन्तुष्टि बढेपछि द्वन्द्व सिर्जना हुने बताउनुभयो । उहाँले संविधानमा भएका व्यवस्थालाई लागू गर्न सरकारको मात्र भूमिका नभई सरोकारवाला पनि जिम्मेवार रहेको बताउनुभयोे । मुख्यमन्त्रीले आदिवासी, मधेशी, गरीब, विपन्न तथा उत्पीडित वर्गको आर्थिक–सामाजिक स्तर र जीविकोपार्जनमा सहयोग पु¥याउन तीनवटै तहका सरकारले कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu