ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालीमपछि रोजगारीको अवस्थाका बारेमा संयन्त्र बनाएर अनुगमन गर्न आग्रह


admin
२२ फाल्गुन २०७६, बिहिबार   ५ : ५०   बजे

काठमाडौं, २२ फागुन । नौ देशका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम विज्ञको पाँचदिने अन्तरराष्ट्रिय सम्मेलनमा विज्ञले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीलाई अब समयसापेक्ष तालीममा जोड दिन सुझाव दिनुभएको छ । सिटिइभिटी तथा कोलम्बो प्लान्ट स्टाफ कलेजको संयुक्त आयोजनामा प्राविधिक शिक्षालाई उद्योगसँग जोडेर कसरी रोजगार सिर्जना गर्न सकिन्छ भन्ने विषयमा आयोजित सम्मेलनमा उहाँहरुले उद्योग व्यवसायलाई परम्परागतभन्दा २१औँ शताब्दी सुहाउँदो प्राविधिक जनशक्तिको खाँचो रहेको र तिनलाई स्वदेशभित्र टिकाउने स्पष्ट रणनीति अभाव देखिएकाले तालीमपछि रोजगारीको अवस्थाका बारेमा संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गर्नुभयो ।

सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, मलेसिया, थाइल्याण्ड, म्यान्मा, फिलिपिन्स र फिजीका प्राविधिक व्यावसायिक एवं तालीमसँग सम्बन्धित २१ जना निर्देशक, उपनिर्देशक र प्राचार्यको सहभागिता थियो । सम्मेलनमा सहभागी विज्ञले प्राविधिक शिक्षाका बारेमा अन्तरराष्ट्रिय अभ्यास के छ तथा सीपयुक्त प्राविधिक जनशक्तिलाई उद्योगसँग जोडेर रोजगारी वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सिटिइभिटी, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल बज्राचार्यले प्राविधिक शिक्षालाई उद्योगसँग जोड्दा चुनौती, अवसर र दीर्घकालीन रणनीतिका सन्दर्भमा सम्मेलनमा बृहत् छलफल गरिएको जानकारी दिनुभयो । उहाँले अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर कसरी प्राविधिक शिक्षालाई आजको आवश्यकताअनुसार अगाडि लाने र बढीभन्दा बढी व्यावहारिक बनाएर कसरी जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित भएको जानकारी दिनुभयो ।

सो अवसरमा पोखराका उद्योगी व्यवसायीबीच सामूहिक छलफल गरिएको थियो । छलफलमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल होटल सङ्घका विकल तुलाचन, होटल बाराहीका राजकुमार केसीलगायतले नेपालमा प्राविधिक शिक्षा अझै व्यावहारिकरुपमा समयसापेक्ष हुन नसकेको धारणा राख्नुभएको थियो । सीपयुक्त जनशक्तिले स्वदेशभन्दा विदेशलाई प्राथमिकता दिने, लामो समय काम गर्न रुचि नदेखाउने, धैर्यको अभाव तथा तालीम जसलाई आवश्यक हो उसलाई भन्दा पनि प्रमाणपत्र जम्मा गर्नेले मात्र लिने गरेको बताउनुभयो । पाँचदिने उक्त सम्मेलनको अन्तिम दिन हरेक देशका विज्ञले कार्यविधि तयार गरेर कार्यान्वयन गर्न प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu