ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले प्रदान गर्ने पूर्व तैनाथीका झन्डै एक दर्जन तालिम यस्ता छन् (भिडियोसहित)


एबीसी न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार   ११ : १९   बजे

काठमाडौँ, २३ फागुन ।  नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा जोडिएर आउने गर्छ । नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरू भएको थियो यसका संस्थापक त्तकालिन राजा पृथ्वी नारायण शाह थिए । सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

देशको विकास निर्माण आपतकालिन घटना र गम्भीर परिस्थितिमा नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने गर्दछ । विश्वका विभिन्न मुलुकमा नेपाली सेनाले गरेको गौरवपूर्ण कार्यको सधै चर्चा भइरहेको छ । नेपाली सेनाले विश्वका विभिन्न द्धन्द्धरत मुलुकमा शान्ति स्थापनार्थ खेलेको भुमिका निकै गर्वगर्न लायक रहेको छ । तसर्थ नेपाली सेनालाई द्धन्द्धरत मुलुकमा पठाउन अघि दिने तालिम निकै महत्व पुर्ण रहने गर्दछ । विश्वमै पुरानो तालिम केन्द्र श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्र विदेशी भुमिमा जानु अघि यस स्थानमा नेपाली सेनाका सकल दर्जालाई तालिम दिईने गरिन्छ । यस नेपाली सेनाले काभ्रेपलान्चोकस्थित २०५८ साल मंसिर १४ गते देखि विधिवत रुपमा स्थापना गरिएको यस वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई विशिष्टिकृत बनाउने तयारी थालेको छ ।

केन्द्रलाई रिसर्च सेन्टर ‘सेन्टर फर एक्सीलेन्स’को रुपमा विकास गर्न थालिएको हो । नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय मिसनमा १० हजार सेना पुर्याउने प्रतिवद्धता जनाएसंगै तालिम केन्द्रलाई आधुनिक तथा अनुसन्धान केन्द्रको रुपमासमेत विकास गर्न लागेको छ । जसमा विषेश किसिमको तालिमसहित अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सेनाको योजना छ । सेनाले तयार पारेको ‘सेन्टरफर एक्सीलेन्स’ अवधारणा अनुसार केन्द्रमा शान्ति सेनामा जाने विदेशी सेनालाई समेत विशेष खालको (मिसन अनुसारको) प्रि–डिप्लोयमेन्ट ट्रेनिङ दिइने छ ।

संयुक्त राष्ट्रसंघको आग्रहमा शान्ति स्थापनाकालागि नेपाली सेनाको ‘पुरानो गोर्खा बटालियन’ सन १९७४ पहिलोपल्ट तैनाथ भएको थियो । त्यसभन्दा अघि शान्ति सेनाको पर्यवेक्षणका सन् १९५८ मा लेवनान र १९६६ मा अफगानिस्थानमा नेपाली सेनाको टोली लागि खटिएको थियो । त्यस यता करिव एक लाख २९ हजार ८ सय ९० जना नेपाली सेना द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाकालागि खटिएका छन् । संयुक्त राष्ट्रसंघको आग्रहमा शान्ति स्थापनार्थ योगदानगर्नेमा नेपाल अहिले ४ औं नम्बरमा छ । द्वन्द्वरत मुलुकहरु कंगो, दक्षिण सुडान, पश्चिम साहारा, इजरायल, लेवनान, माली, सिरिया, अफ्रिकन रिपब्लिक लिविया र इराकमा गरी १२ वटा फरक–फरक मिसनमा ५०९६ नेपाली सेना अहिलेपनि तैनाथी अवस्थामा छन् ।

द्वन्द्वरत मुुलुकका १२ वटा मिसनमा ५ हजार ९६ नेपाली सेना हाल तैनाथी अवस्थामा छन् । सरकारले यो संख्यालाई दोब्बर अर्थात १० हजार पठाउने गरी संयुक्त राष्ट्रसंघमा प्रतिवद्धता जनाएको छ । योसँगै सेनाले आफ्नो पूर्व तयारी र क्षमता विस्तारको कामसमेत अगाडि बढाएको श्री विरेन्द शान्ति कार्य तालिम केन्द्रका प्रमुख मनोज वैदवार बताउनुहुन्छ ।

३५ वर्ष अगाडि सन् १९८६ मा नेपाली सेनाले शान्ति मिसनमा जाने सेनाको प्रि–डिप्लोयमेन्ट (पूर्व तैनाथी )का लागि काभ्रेको पन्चकालिमा तालिम केन्द्र स्थापना गरेको थियो । यो तालिम केन्द्र ३३ सय रोपनीमा फैलिएको छ । दक्षिणतर्फको झन्डै ५ सय रोपनी जग्गामा समेत तालिमकेन्द्र विस्तारगर्न रक्षा मन्त्रालयसंग छलफल भैरहेको सेनाले जनाएको छ । तालिम केन्द्रको विस्तार गर्न लाग्ने रकम भने सेनाले आफ्नो नियमित विकास बजेटबाटै खर्चगर्ने छ । नेपाली सेनाले तालिम केन्द्रबाट संचालन गरेका दुईवटा तालिमलाई राष्ट्रसंघले मान्यता प्रदान गरेको छ । सेनाले दिने प्रि–डिप्लोइमेन्ट ट्रेनिङ्ग अन्तर्गत ‘स्टाफ अफिसर्स कोर्स’ र ‘कन्टिजेन्ट प्रि–डिप्लोयमेन्ट ट्रेनिङ्ग’लाई उत्कृष्ट तालिमको प्रमाणपत्र प्रदान गरिसकेको छ । यी बाहेक सेनाले पूर्व तैनाथीका झन्डै एक दर्जन तालिम संचालन गर्छ ।

बाँकी तालिमलाइ पनि राष्ट्रसंघको मान्यता पाउनेगरी स्तरीय बनाउने गृहकार्य भइरहेको सेनाले जनाएको छ । पाँचखालस्थित सेनाले सो तालिम केन्द्रमा हालसम्म तीनओटा अन्तराष्ट्रिय संयुक्त सैन्य अभ्यास एम्स शान्ति प्रयास– १, २, ३ सम्पन्न भइसकेका छन् । सन २०२२ भित्र शान्ति प्रयास–४ गर्ने तयारीसमेत अगाडि बढको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले थप १३ सय सेनालाई शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले आवश्यक परेको अवस्थामा खटाउने गरी तैनाथी अवस्थामा राखेको छ । यो समुह डिप्लोए भएमा शान्ति सेनामा नेपाली सेनाको उपस्थिती झन्डै २५ प्रतिशत वृद्धि भएर ६५ सयको हाराहारीमा पुग्ने छ । नेपाली सेनाको माग हुनु नेपाली सेनाको इमान्दरीता र उत्कृष्ट कार्य नै रहेको बताउहुन्छ कर्नेल वैदवार ।

विश्वका द्धन्द्धरत मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले पाएको जिम्मेवारी कहि कतै आच आउन नदिएर पुरा गरेको छ । नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका यति बेलामा विकास निर्माणमा खटिएको छ । यसका साथै राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्युत, टेलिफोन स्टेशन, ऐतिहासिक गढी दरवार, राष्ट्रिय निकुन्जहरूको सुरक्षा सेनाले गर्दै आएको छ । यसबाहेक प्राकृतिक बिपत्तिहरूमा नेपाली सेना चौबिसै घण्टा जनताको रक्षार्थ खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group