ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रका सबै समस्या समाधान गर्ने सरकारको प्रतिवद्धता (भिडियोसहित)


एबीसी न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार   ११ : ४६   बजे

 

काठमाडौं, २३ फागुन । पछिल्लो समय नेपालमा स्थिर सरकारको निमार्णसंगै लगानीको वातावरण बन्दै गएको भनिएको छ । स्वदेशी तथा बिदेशी लगानीकर्ता समेत नेपालमा लगानी गर्नका लागि आतुर नै छन् । तर लगानीका लागि लगानीमैत्री ऐन–नियम बनेपनि कार्यान्यवन हुन सक्दा व्यवसायीहरु भने अझै ढुक्क भएर लगानी गर्न सकेका छैनन ।

लामो समयको अस्थिर राजनीतिले थला परेका उद्योगी व्यससायीहरु पछिल्लो समय केही उत्साहित बन्दै गएका छन । लगानीकर्ताको लागि नेपालमा लगानीको वातावरण अनुकुल बनिरहेको सन्देश स्वेदशी तथा बिदेशी लगानीकर्तामा गइरहेकोले पनि बिस्तारै नेपालमा उद्योग व्यससाय क्षेत्रमा लगानी बढ्ने आशा गर्न सकिन्छ । कुनै पनि देशको बिकास उद्योग धन्दाबाट हुन्छ । तर, नेपालको अर्थतन्त्र अझैपनि रेमिटान्सले धानेको व्यवसायीको गुनासो छ । रेमिट्यान्समा मात्रै रमाइरहंदा लगानीमैत्री वातावरणले स्वच्छता हासिल गर्न नसक्ने र यसबाट राष्ट्रिय अर्थतन्त्र पनि मजबुद बन्न नसक्ने उद्योगीव्यवसायीको तर्क रहेको छ ।

सरकारले लगानीकर्ताको मनोविज्ञानलाई मध्यनजर गर्दै लगानीमैत्री ऐन, कानुन निमार्णले समेत लगानीकर्तामा उत्साह थपिएको हो । सरकारको अग्रसता उद्योगी व्यवसायीलाई नेपालमा उद्योग धन्दा सञ्चालनमा प्रोत्साहनमै रहेकोले पनि लगानी गर्दा डराउनु नै पर्ने वातावरण भने हट्दै गएको छ । अब खाडी मुलुकमा श्रम शक्ति पठाएर रेमिटान्सको भरमा भन्दा पनि स्वदेशमै उद्योग धन्दा खोल्ने वातावरण बनाइएको सरकारको पनि दाबी छ ।

नेपालको पर्यटन, कृषि, जलुबिद्युत जस्ता क्षेत्रमा बैदेशिक लगानी समेत बढिरहेको छ । केही वर्षयता राजनीतिक स्थायित्वको देखिनुको साथै सरकारले समेत अहिलेको मुख्य एजेण्डाको रुपमा आर्थिक बिकासका लागि लगानीको वातावरण बनाएकै कारण उद्योग धन्दा सञ्चालन गर्नका लागि वातावरण बन्दै गएकोमा दुई मत छैन । तर उद्योगी व्यवसायीहरु भने अहिले नीति नियम राम्रा बनेपनि निजी क्षेत्रको आत्मबल बढाउने प्रयास नगर्ने हो भने उद्योग धन्दामा लगानी नआउने बताउंछन् ।

त्यसो त, सरकारले पछिल्लो समय उद्योग धन्दा सञ्चालन गर्न उद्योग व्यवसायीहरुका लागि विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानीसम्बन्धी विधेयक, अनलाइनमार्फत उद्योग दर्ता गर्ने लगायत सेवा सुबिधामा सहजता ल्याएको छ । तर, लगानीको वातावरण संग्लिंदै गएको अवस्थामा कोरोना भाइरस र विपदजस्ता तत्कालिन संकटबाट जोगिन समेत योजना बनाउनुपर्ने अर्थविद् बताउंछन् ।

सरकारले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनको साथै निर्यात प्रवद्र्धन जोड दिएको छ । यस्तो अवस्थामा लगानी गर्न सके छोटो समयमा उद्योगी ब्यवसायीहरुले राम्रो लाभ लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu