ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकार एसइइ परिक्षा तयारीमा जुट्यो, बिद्यार्थिलाई अनिवार्य माक्स लगाउ भन्नु गलत


sharan sharan
२३ फाल्गुन २०७६, शुक्रबार   ९ : ०९   बजे

बुटवल, २३ फागुन ।
नेपालमा पहिलो पटक प्रदेश सरकारको ब्यवस्थापनमा हुन गईरहेको एसइइ परिक्षाको तयारी सुरु गरिएको प्रदेश ५ सामाजिक बिकास मन्त्रालयले जनाएको छ । परिक्षालाई पारदर्शी र मर्यादित बनाउन प्रदेशको शिक्षा बिकास निर्देशनालयको संयोजनमा प्रदेश सरकार समाजिक बिकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले परिक्षालाई अझै बढी अनुशासीत बनाउन बिभिन्न निर्णय समेत गरेको छ ।
प्रदेश शिक्षा निर्देशनालयका अनुसार प्रदेश ५ मा साधारण नियमीत तर्फ ७६ हजार ६ सय १८, प्राबिधिक नियमित तर्फ २ हजार १ सय ३१ तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी गरि ८१ हजार ४ सय १ जना बिद्यार्थि एसइइ परिक्षामा सामेल हुंदैछन् । चैत्र ६ गतेबाट सञ्चालन हुने परिक्षाका लागि ३ सय २१ परिक्षा केन्द्र तोकिएको छ ।
प्रदेशका सरोकारवाला निकायका बिचको बैठकको निर्णय सार्वजानिक गर्दै प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्यादित बनाउन कुनै कसर बांकी नराखिने बताउनु भयो । उहांले परिक्षालाई पारदर्शी र मर्यादित बनाउन नागरिक अगुवा र स्थानीयतहका जन प्रतिनिधिहरुको समेत अनुगमनको ब्यवस्था मिलाईएको बताउंदै तर अनुगनकर्ताहरुले परिक्षाको आचार संहिता भने पालना गर्नु पर्ने बताउनु भयो ।
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समय अगावै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराउनुभयो । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो सही नभएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu