ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ वर्षपछि पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


एबीसी न्यूज
२५ फाल्गुन २०७६, आइतबार   ९ : २५   बजे

काठमाडौं, २५  फागुन ।  बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपीलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बाराले जन्मकैदको फैसला समेत सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको बताइएको छ । लामो समयदेखि फरार रहेका फौजदार होली मनाउनको लागि घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो। पत्रकार शाहको हत्या पश्चात प्रहरीले बारा इनरुवा सिरहाका म्यानेजर गिरी र खापबा ८ का रामइकवाल सहनीलाई पक्राउ गरेको थियो। दुबै जना जन्मकैदको फैसलामा कारागार जीवन बिताइरहेका छन्।

पत्रकार हत्याका मुख्य आरोपी फौजदारमाथि एक दर्जनभन्दा बढी कर्तव्य ज्यान, डाका, लागुऔषध लगायतका मुद्धा पनि रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। पत्रकार शाहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो। अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा कात्तिक २३ गते फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group