ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ– मुख्यमन्त्री गुरुङ


admin
२६ फाल्गुन २०७६, सोमबार   ३ : ३५   बजे

काठमाडौं, २६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेकपा पोखरा २४ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै काँग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिनुभयो । छिमेकी राष्ट्रसंगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उहाँले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पार्नुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पु¥याउन निर्देशन दिनुभयो ।पोखरा २४ का नेपाली काँग्रेस र राप्रपाका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई मुख्यमन्त्री गुरुङ, अध्यक्ष पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराई स्वागत गर्नुभएको थियो । नेकपा पोखरा २४ का अध्यक्ष मनोहर त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group