ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकतापछि पार्टी फुट्छ कि भन्ने नकरात्मक सोच नराखौँ– अध्यक्ष थापा


admin
२७ फाल्गुन २०७६, मंगलबार   ३ : ०३   बजे

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले अब पार्टी फुट्न नदिने बताउनुभएको हो । भोलि राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ । पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गर्नुभयो । थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफुलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो । अन्य कुनै पनि पार्टीले आफुलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu