ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच किलोग्राम सुन तस्करीमा संलग्न सात जनाविरुद्ध मुद्दा दायर


admin
२७ फाल्गुन २०७६, मंगलबार   ६ : ०९   बजे

काठमाडौं, २७ फागुन । पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध रु ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलोग्राम सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो । विशेष सुराकीको आधारमा पक्राउ परेका भोटेको साथबाट प्रहरीले पाँच किलो सुनसहित नगद ३८ हजार ८० र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो ।

भोटेलाई मात्रै रु तीन करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिनुभयो । पक्राउ परेका २६ वर्षीय भोटेको बयानका आधारमा प्रहरीले सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहको मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै रु १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईले बताउनुभयो ।

सुन तस्करीमा संलग्न फरार

पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् । फरार हुनमा भोटखोलाका छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे रहेको स्रोतको भनाइ छ । उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको आरोप प्रहरीको छ । सुन तस्कारी गर्नेले एक अर्काको बैंक खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu