ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमालाई पुर्ण सरसफाई नगर बनाउन जिल्ला समन्वय समितीको आलटाल : नगर प्रमुख घिमीरे


sharan sharan
२९ फाल्गुन २०७६, बिहिबार   १२ : ४४   बजे

बुटवल, २९ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा गर्ने तयारी पुरा भएको छ ।
बिगत तीन महिनादेखि स्थानीयबासीको सहभागितामा नगरमा शुन्य पोलिथिन अभियान चलाइएकोमा तिलोत्तमा नगरपालिकाले शुंक्रबार शुन्य पोलिथिनयुक्त नगर घोषणा गर्ने भएको् छ । नगरपालिाकले आज पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कृषिमन्त्री घनश्याम भुसालले शुन्य पोलिथिन नगर घोषणा गरिने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बासुदेव घिमीरेले पोलिथिन शुन्य सहित सरकारी मापदण्ड अनुसार तिलोत्तमा पुर्ण सरसफाई इुक्त नगरपालिका बनिसकेको दाबी गर्नुभयो । उहांले पुर्ण सरसफाईको मादण्ड नगरपालिकाले पुरा गरेपनि जिल्ला समन्वय समितीले सिफारिस गर्न आलटाल गरेकाले राज्यबाट घोषणा गर्न ढिलाई भएको बताउनु भयो ।
स्थानीयतहलाई पुर्व सरसफाई युक्त पालिका घोषणा गर्न जिल्ला समन्वय समितीका संयोजकको अध्यक्षतामा रहेको खानेपानी तथा सरसफाई समन्वय समितीले सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।
नगरपालिकाले शुन्य पोलिथिन अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एकलाख नगरबासीलाई श्रमशक्तिको रुपमा परिचालन गरेको र ३ महिनाका बिचमा ८० हजार बोरामा १२ हजार किलो पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
नगरपालिकालाई शुन्य पोलिथिनयुक्त घोषणा गर्नुअघि बुधबार वातावरणविद्, शिक्षाविद्, पत्रकार सहितको विज्ञ टोलीले तिलोत्तमा नगरपालिकाका सबै वडाको अनुगमन गरेको थियो । अनुगमन टोलीले तिलोत्तमाका १७ वटै वडाहरु, राजमार्ग क्षेत्र, कृषिभूमि र खाली जमिन, औद्योगिक क्षेत्र, वनजंगल, १६–३६ कुलो क्षेत्र, सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्यचौकी, नगरपालिका सीमाना लगायतको क्षेत्रको अनुगमन गरेको बताएको छ ।
अनुगमनका क्रममा केही स्थानमा छिटफुट प्लाष्टिक बाहेक सबैक्षेत्र सामान्य देखिएको टोलीका संयोजक त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. इशान गौतमले बताउनु भयो । तिलोत्तमालाई शुन्य पालिथिन नगर बनाउने अभियानमा नगरपालिकाका १७ वटा वडाका १सय ८९ वटा टोल कमिटी परिचालन गरिएकाछन् । नगर प्रमुख घिमिरेले शुन्य पोलिथिन नगरलाई अव व्यवहारमै कार्यान्वयन गरेर देखाउने बताउंदै पोलिथिनजन्य फोहोर खुला स्थानमा फ्याँक्नेसंग जरिवाना असुल्ने र असुल भएको रकम टोलकै सुधारमा लगाईने बताउनु भयो ।
बुटवलबाट १६–३६ नहर हुँदै बगेर आउने पोलिथिनजन्य फोहरले तिलोत्तमा नगरपालिकालाई चुनौती दिने गरेको बताउंदै नगर प्रमुख घिमीरेले अव बुटवलले पनि शुन्य पोलिथिन अभियान चलाउने आफूले विश्वास लिएको बताउनु भयो । एक दशक अगाडी नै बुटवललाई शुन्य पोलिथिन युक्त नगर घोषणा गरिएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group