ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा भेला, जमघट र सार्वजानिक कार्यक्रम रोक्न आवश्यक छैन : सामाजिक बिकास मन्त्री बराल


sharan sharan
३० फाल्गुन २०७६, शुक्रबार   ४ : १३   बजे

बुटवल, ३० फागुन ।
कोरोना भाइरसको प्रकोप रोक्न भन्दै संघिय तथा प्रदेश सरकारले भेला, सभा सम्मेलन तथा ठूलो संख्यमा जमघटहुने गरि कुनै कार्यक्रम नगर्न नगराउन निर्देशन गरिरहेका बेला प्रदेश ५ सरकारका समाजिक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला र सभा रोक्न आवश्यक नरहेको बताउनु भएको छ ।
नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बरालले नेपालमा भेला, सभा रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताउनु भयो । उहांले कोरोनाको प्रकोप रोक्न सचेत हुनु पर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआंउदा सम्म डराउन आवश्यक नरेको बताउनु भयो ।
प्रदेश ५ मा भाईरसको प्रवेश रोक्न प्रदेश सरकारले बिशेष तयारी गरिरहेको बताउंदै मन्त्री बरालले भारतसंग नाका जोडिएका ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको जानकारी दिनुभयो । उहांले प्रदेशको बांके, दाङ र रुपन्देहीमा सुबिधा सम्पन्न क्वाराइन्टायन स्थापना गर्ने तयारी भईरहेको जानकारी गराउंदै क्वाराइनटाइन ब्यवस्थापनका लागि सुरक्षा निकायसंग छलफल सुरु गरिएको बताउनु भयो । सुरक्षा संयन्त्रसंग भएको अस्पतालहरुलाई जनशक्ति सहित क्वाराइनटायनका लागि प्रयोग गर्न सकिने मन्त्री बरालको भनाई छ ।
चीनमा समेत जनमुक्ति सेनाका स्वास्थ्यकर्मीले प्रभावितको उपचार गरेको भन्दै उहांले नेपालमा सुरक्षा संयन्त्रको जनशक्ति सहित शिविलियन जनशक्ति समेत उपचारमा परिचालन गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा प्रदेशमा संचालनमा रहेका हेल्थ डेष्कका बिषयमा प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल बिकास महाशाखाका निर्देशक डाक्टर उमाशंकर प्रसाद चौधरीले प्रकाश पार्नुभएको थियो । भने प्रदेश राजधानी रुपन्देहीको तयारीका अवस्थाका बिषयमा लुम्बिनी प्रादेशीक अस्पतालका मेडिक सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी गराउनु भयो ।
नेपाल भारत सिमानाकाका डेस्कहरुमा बिहिबार सम्म ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको र बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने २ हजार ८ सय जनाको सिमामा स्वास्थ्य परिक्षण भएको अन्तरक्रियमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group