ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौ– मुख्यमन्त्री भट्ट


admin
१ चैत्र २०७६, शनिबार   १ : ०६   बजे

 

काठमाडौं १ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताउनुभएको छ । प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवासगृहको आज शिलान्यास गर्दै उहाँले ती क्षेत्रको थप विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्रथामिकता दिँदै आवश्यक रकम विनियोजन समेत भएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु ३० लाखको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवासगृहे निर्माण गरिन लागिएको हो ।मुख्यमन्त्री भट्टले भन्नुभयो, “ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौँ पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौँ ।”

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “सुदूरपश्चिमभरिकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो । खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।” मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दनसमेत गरेको थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशङ्कर भट्टले बताउनुभयो । प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा उद्यानसहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि शुरू हुने मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कामका लागि प्रदेश सरकारले कूल रु ८० लाख रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group