ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन मुख्यमन्त्री गुरुङको आह्वान


admin
१ चैत्र २०७६, शनिबार   ४ : २७   बजे

काठमाडौैं १ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आजदेखि शुरु गरेको तीनमहिने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको यहाँ शुभारम्भ गर्दै उहाँले पार्टीका अभियान र कोरोनाविरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीले शुरु गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पार्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना सचेतनासँगै अभियानका क्रममा यसै महिनाभित्रमा पार्टी सदस्यता नवीकरण, सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लाग्ने जानकारी दिनुभयो ।

अध्यक्ष थापाले स्थानीय सरकारका कामलाई थप प्रभावकारी बनाइने तथा बाँकी रहेको जनवर्गीय सङ्गठनको एकीकरणको कामलाई समेत तीनमहिने अभियानका क्रममा सम्पन्न गरिने जानकारी दिनुभयो । सो अभियान आगामी जेठ मसान्तसम्म सञ्चालन हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group