ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा एसइई परीक्षाको तयारी पुरा, सुरक्षाको घेराभित्र प्रश्नपत्र


admin
४ चैत्र २०७६, मंगलबार   १ : १२   बजे

काठमाडौं, ४ चैत । प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसइई को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताउनुभयो ।

रासससँगको कुराकानीमा उहाँले भन्नुभयो,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।”निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु आजदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताउनुभयो । यसवर्ष प्रदेश–२ को आठ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् । आठवटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ ।

प्रदेश–२ को राजधानी जनकपुरस्थित शिक्षा विकास निर्देशनालयका अनुसार यसवर्ष सप्तरीबाट नौ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट आठ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट आठ हजार २४, रौतहटबाट सात हजार ७०५ र पर्साबाट आठ हजार ५९ परीक्षार्थीको सहभागिता रहने छ ।यसैगरी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ । यसवर्षको एसइई परीक्षालाई मर्यादित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्यादितरुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ ।

अघिल्लो वर्ष परीक्षा अगावै दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा २ विषयको पुनःपरीक्षा लिइएको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश–२ मा विद्यार्थीले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्ति तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu